एजेन्सिहरुको सहयोगमा नेप्लिज रिपोर्ट :
विश्व महिला आन्दोलन :
दोस्रो विश्व युद्धपछि विभिन्न मुलुकहरुमा राष्ट्रिय मुक्ति आन्दोलन चर्कदै गइरहेको अवस्थामा महिला मुक्ति आन्दोलन पनि निकै सशक्त बन्दै गयो । आन्दोलनका क्रममा थुप्रै योग्य, दक्ष र उत्कृष्ट महिलाहरु नेतृत्वमा स्थापित भएका छन् जसले समाजिक जीवनको उत्थानमा महत्वपूर्ण योगदान गरेका छन् । अहिले राजनिती वाहेक समाजका अन्य विभिन्न क्षेत्रमा पनि महिलाहरुले नेतृत्वदायि भुमिका निर्वाह गरेका छन् । अहिले विश्वमा ५ हजारभन्दा बढी महिला सांसदहरु, हजार भन्दा वढी महिला मन्त्रीहरु, केही महिला जनरलहरुका साथै केही महिला राष्ट्रनायक र सरकार प्रमुखको ओहदामा आशीन छन् ।
विश्वका प्रथम महिला राष्ट्रप्रमुख :
विश्वका प्रथम महिला राष्ट्रपति अर्जेन्टिनाका श्रीमती इसाबैर पीलोन हुन् । उनि एक कुशल नृतकी थिईन् । निर्वासित राजनैतिज्ञ पीलोनसँग उनको विहे भयो । त्यसपछि पीलोनका समर्थकहरुले उनीहरुलाई स्वदेश फर्काएका थिए । सन् १९७३ मा भएको आम निर्वाचनमा यी दम्पतिलाई अर्जेन्टिनाका मतदाताले राष्ट्रपति र उप राष्ट्रपतिको पदमा निवार्चित गरिएका थिए । त्यसको १ वर्षपछि राष्ट्रपति पीलौनको निधन भएपछि त्यहाँको संविधानानुसार पीलोनले राष्ट्रपतिको पद सम्हालेकि थिईन् । यसरी उनि नै विश्वका प्रथम महिला राष्ट्रपति बन्न पुगिन् । विश्वका प्रथम महिला प्रधानमन्त्री श्रीलकाका श्रीमती श्रीमाओ बन्दरनायक हुन् ।उनि सिलौन स्वतन्त्र भएपछिका पहिला प्रधानमन्त्री बन्दरनायककी श्रीमती हुन् । आफ्नो श्रीमानको हत्या गरिएपछि मनको दुखलाई दवाएरआफ्ना श्रीमानका अपूरा इच्छालाई पूरा गर्ने सँकल्प लिई उहाँले राजनीतिक दलको नेताका रुपमा सँघर्षरत श्रीमती बन्दरनायकले सन् १९६० मा प्रधानमन्त्रीको पद सम्हालिन् ।
विश्वका प्रथम महिला राष्ट्रपति अर्जेन्टिनाका श्रीमती इसाबैर पीलोन हुन् । उनि एक कुशल नृतकी थिईन् । निर्वासित राजनैतिज्ञ पीलोनसँग उनको विहे भयो । त्यसपछि पीलोनका समर्थकहरुले उनीहरुलाई स्वदेश फर्काएका थिए । सन् १९७३ मा भएको आम निर्वाचनमा यी दम्पतिलाई अर्जेन्टिनाका मतदाताले राष्ट्रपति र उप राष्ट्रपतिको पदमा निवार्चित गरिएका थिए । त्यसको १ वर्षपछि राष्ट्रपति पीलौनको निधन भएपछि त्यहाँको संविधानानुसार पीलोनले राष्ट्रपतिको पद सम्हालेकि थिईन् । यसरी उनि नै विश्वका प्रथम महिला राष्ट्रपति बन्न पुगिन् । विश्वका प्रथम महिला प्रधानमन्त्री श्रीलकाका श्रीमती श्रीमाओ बन्दरनायक हुन् ।उनि सिलौन स्वतन्त्र भएपछिका पहिला प्रधानमन्त्री बन्दरनायककी श्रीमती हुन् । आफ्नो श्रीमानको हत्या गरिएपछि मनको दुखलाई दवाएरआफ्ना श्रीमानका अपूरा इच्छालाई पूरा गर्ने सँकल्प लिई उहाँले राजनीतिक दलको नेताका रुपमा सँघर्षरत श्रीमती बन्दरनायकले सन् १९६० मा प्रधानमन्त्रीको पद सम्हालिन् ।
विश्वका प्रथम महिला गभर्नर क्यानाडाका श्रीमती राङ्गना सोभी हुन् । क्यानाडाका मानार्थ राष्ट्रनायक बेलायतकी महारानी हुन् । बेलायतकी महारानीबाट नियुक्त गरिएका आफ्ना एकजना प्रतिनिधिले क्यानाडाको राष्ट्रनायकको कार्यभार वहन गर्छन् । त्यस पदलाई गभर्नर भनिन्छ । उनि विश्वकै प्रथम महिला गभर्नर हुन् ।
महिला राष्ट्राध्यक्षहरु :
नेपालको नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी विश्वको पछिल्लो महिला राष्ट्राध्यक्ष बनेकी छिन् । नेपाली राजनीतिका लागि नौलो परिघटना भए पनि बिश्वका धेरै देशहरुमा महिला नेतृहरुले देशको नेतृत्व गरिरहेका छन् ।
अहिलेसम्म विश्वमा ३६ जना महिलाहरु राष्ट्रपति बनिसकेका छन् । हाल नेपालसहित २३ मुलुकमा महिला राष्ट्रप्रमुख भएका छन् ।
अर्जेन्टिनाकी आइसावेल पेरोनले सन् १९७४ को जुलाइ महिना देखि १९७६ को मार्चसम्म राष्ट्रपतिको रुपमा सेवा गर्ने अवसर पाएकी थिइन् । आइसल्याण्डकी भिग्दिश फिनबोगस्टिरले सन् १८९० देखि १९९६ सम्म आइसल्याण्डको राष्ट्रपति रहेकी थिइन् । स्वीटजरल्याण्डमा १९९९ मा रुथ ड्रेइफस् त्यहाँ पहिलो पटक महिला राष्ट्रपति बनेकी थिइन् । त्यसपछि, सन् २००७, २०१०, २०११ र २०१२ मा पनि महिला राष्ट्रपतिहरुले १ वर्षे कार्यकाल पूरा गरेका छन् । माल्टा, चिली, अर्जेन्टिना, फिलिपिन्स र आयरल्याण्डमा पनि २ महिला राष्ट्रपति बनिसकेका छन् । ब्राजिलकी वर्तमान राष्ट्रपति डिल्मा रौसेफ पनि शक्तिशाली र चर्चित राष्ट्रपति हुन् । भारतले सन् २००७ को जुलाइमा प्रतिभा पटिल र श्रीलङ्काले सन् १९९४ मा चन्द्रिका कुमारातुङ्गालाई महिला राष्ट्रप्रमुखको रुपमा पाइसकेको छ । सन् २००५ को नोभेम्बर देखि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी जर्मन चान्सलर एन्जेला मर्केल हाल पदमा रहेका महिला राष्ट्रप्रमुखहरुमध्ये सबैभन्दा बढी समय कार्यभार सम्हालेकी नेतृ हुन् ।
विश्वमा महिला प्रतिनिधित्व
रूवान्डाको संसदमा सबैभन्दा बढी महिला प्रतिनिधि छ । रूवान्डाको तल्लो सदनको ८० सिट मध्ये ५१ जना महिला छन् । प्रतिशतका हिसावले महिला प्रतिनिधित्व ६३.८ प्रतिशत हुन आउँछ । एन्डोराको संसद्मा पनि ५० प्रतिशत महिला सहभागिता छ । त्यहाँको संसदका कुल २८ सिटमध्ये १४ जना महिला छन् । सदनमा महिला सहभागिताको आधारमा ४८.९ प्रतिशत महिला सहभागिता सहित क्युबा तेस्रो नम्बरमा छ । स्वीडेनमा संसद्का ३ सय ४९ सिटमध्ये १५६ मा महिला प्रतिनिधि छन् ।
सेसेल्सको ३२ सदस्यीय संसदमा १४ जना महिला छन् । जर्मनीको संसदमा चान्सलरको भूमिकामा महिला भए पनि संसदमा महिलाको संख्याको आधारमा यो राष्ट्र शीर्ष १० को सूचीमा पनि आउन सकेको छैन । संसारका १ सय ८८ राष्ट्रमध्ये महिला सहभागिताका हिसाबले जर्मनी १९ औं स्थानमा छ ।
संसदमा महिला सहभागिताको तुलना गर्दा अघिल्लो संविधानसभापछि नेपाल १८८ राष्ट्र मध्ये २४ औं स्थानमा थियो । विश्वको ठूलो अर्थतन्त्र चीन पनि संसदमा महिला सहभागिताको आधारमा ५५ औं स्थानमा पर्न आउँछ । त्यहाँको संसदमा कुल २ हजार ९ सय ८७ सदस्य रहे पनि ६ सय ९९ जना मात्रै महिला छन् । संसदमा महिला सहभागिताको हिसावमा नाम नचेलेका राष्ट्र अगाडी आए पनि अमेरिका भने ७९ औं स्थानमा छ । यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४ सय ३१ सिटमध्ये जम्मा ७७ जना महिला छन् । ब्राजिल पनि संसदमा महिला प्रतिनिधित्वको आधारमा १ सय १९ औं स्थानमा छ । माइक्रोनेसिया, पलाउ, कतार र वानातु लगाएतका देशको संसदमा महिला सहभागिता शुन्य छ ।
विश्वका शक्तिशाली महिलाहरु :
विश्वचर्चित पत्रिका फब्र्सले विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गर्ने गर्दछ, जुन सूचीमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रध्यक्षदेखि, उद्यमी, सेलिब्रेटीदेखि सामाजिक कार्यकर्तासम्म परेका छन् । पछिल्लो उच्च दश सूचीमा छ जना महिला अमेरिकी हुन् । एन्जेला मार्केल,हिलारी किलन्टन,दिल्मा रुसेफ,मेलिन्डा गेट्स,जिल आब्रमसन,सोनिया गान्धी,मिचेल ओबामा,क्रिस्टिना लिगार्ड,ज्यानेट नापोलितानो,सेरिल स्याण्डवर्ग विश्वका शक्तिशाली महिला हुन् ।










0 comments:
Post a Comment