अंग्रेजी अन्तराष्ट्रिय भाषा हो | घर ब्यबहार, ब्यबसाय, शिष्टता, संचार सेवा, लेनदेन, पर्यटन, पदयात्रा लगायतका क्षेत्रहरुमा अंग्रेजी भाषाको प्रयोग अति नै बढी रहेको छ | वर्तमान अवस्थामा अंग्रेजी भाषाको बढ्दो आवश्यकता र उपयोगीताले गर्दा अंग्रेजी भाषाको अपरिहार्यता महसुस गरि पाठक समक्ष मेरो सानो प्रयास यहाँ समेट्न खोजेको छु |
एउटा बिर्सन नहुने कुरा साथीहरु दोश्रो भाषा पढेर भन्दा पनि बोलेर चाडै सिकिन्छ | त्यसैले नलजाईकन जस्तो बोल्न सक्नु हुन्छ प्रयास गर्दा छिट्टो सिक्नु हुनेछ | त्यसैले साधारण लेखपढ गर्न जान्ने देखि भाषिक सचेतक वा अंग्रेजी भाषामा रुची राख्ने व्यक्तिहरु जस्तै : ब्यापारी, बिद्यार्थी कर्मचारी, पर्यटन तथा होटेल ब्यबसायी, शिक्षक, खेलाडी एवं विदेश जान इच्छुक व्यक्तिहरुको लागि सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ |
मैले प्रत्यक क्षेत्रलाई समेटेर Conversation अर्थात् बार्तालाभ अंग्रेजी नेपालीमा रुपान्तरित प्रस्तुत गरेको छु | ध्यान दिएर पढ्नु होला अनि अभ्यास गर्नु होला |
जब हामी एक आपसमा भेट्छौ, हामी एक अर्कालाई ढोगभेट वा अभिबादन गर्छौ | हाम्रो समाजमा साधारणतय सानाले ठुलालाई अभिबादन गर्दछन तथापि अंग्रेजी समाजमा समानता छ | कुनै पनि भेटघाटमा साना होस् या ठुला एकले अर्कालाई अभिबादन गर्दछन | संक्षिप्त रुपमा अभिबादनका बाक्यहरु यस प्रकार छन् :
Morning to Noon ( बिहानदेखि मध्यान्न सम्म )
- गुरु ! नमस्कार | Good morning Sir.
- पिताजी ! दर्सन | Good morning Daddy.
Noon to Evening ( मध्यान्न देखि साँझसम्म )
- दर्सन हजुर बा ! Good afternoon Grand father.
- हाकिमसाब नमस्कार ! Good afternoon sir.
After Evening ( साँझपछिको समय )
- काका दर्सन ! Good evening Uncle.
- नमस्ते काकी ! Good evening Aunti.
While Seeing-off ( रातिको बिदाइको समयमा )
- शुभ रात्री ! Good Night ....!!
Leaving one on anytime during the day. (दिनमा कुनै पनि समय बिदा लिंदा वा छुट्टीदा )
- हवस् त श्रीमान आजलाई बिदा ! Good day to you, Sir. (or)
It's good to see you again.
- आजको दिन शुभ होस् ! Have a nice day, today.
Meeting together ( भेटघाटको बेलामा )
- तपाई संग भेट हुँदा खुशी लग्यो ! Pleased to meet you. (or)
Glad to see you. (or)
I'm delighted to meet you.
In the time to see someone off ( बिदाइको बेलामा )
- लौ त बिदा नानीहरु ! Good bye Children.
- तपाईलाइ पनि बिदा ! Bye ! Bye !
- फेरी भेटौला ! Hope to see you again.
- बिदा प्रिय ! Fare well ! My love.
To Remember ( सम्झनु पर्ने कुराहरु )
- Uncle: 'अंकल' शब्दले नेपाली मातृभाषाका काका, मामा, जेठाबा, सनाबा, ठुलाबा, फुफज्यु आदि सबैलाई बुझाउछ |
- Aunt, Aunty, Auntie: आदि शब्दले काकी, माइजु, सानिमा, ठुलिमा बढीमा अनि फुपू आदिलाई बुझाउछ |
- Sir: स:र शब्दले कुनै पनि आदरणीय पुरुषलाई बुझाउछ |
- Madam: म्याडम् शब्दले कुनै पनि आदरणीय महिलालाई बुझाउछ |
- Cousin; कजन शब्दले काका, मामा, सनाबा, ठुलाबा, फुपाज्यु आदि पट्टिका भाइ एबम बहिनि आदिलाई बुझाउछ |
- Hubby: हबी शब्दले कुनै पनि महिलाको श्रीमान वा लोग्ने Husband लाइ बुझाउछ |








0 comments:
Post a Comment