सबैको आफ्नै चिनारी हुन्छ | हामी यात्रा गर्दै जाँदा परिचय आदान प्रदान गर्नु पर्ने अवस्था आइरहनछन् | परिचय पश्चात मात्र त्यहाँ एक-अर्का बीच मधुर सम्बन्ध हुन्छ | कुनै पनि ठाउमा देख भेट हुँदा बोलाइन्छ अनि कुराकानी हुन्छ, सुख दुख बाँडिन्छ | परिचय छ भने कुनै पनि व्यक्ति संग तपाई खुलेर गफ गर्न सक्नु हुनेछ | त्यसैले परिचय (Introduction) महत्व पूर्ण कुरा हो |
परिचय दिनु भन्दा पहिले परिचय भित्र के के समेट्ने वा समाबेश गर्ने भन्ने बुझ्न जरुरि छ | परिचय धेरै लामो हुँदा झ्याउलाग्दो (Boring) हुने र नाम मात्र भन्दा पर्याप्त (Sufficient) नहुने हुँदा साधारणतय परिचयमा निम्न कुराहरु समाबेश गरिनु अति उपयुक्त हुन्छ :
- Name: ( आफ्नो पुरा नाम )
- Place: ( आफ्नो पुरा ठेगाना ) जसमा एक बाक्य स्थायी ( Permanent ) र अर्को बाक्य अस्थायी ( Temporary ) दुवै समेट्दा सुनमा सुगन्ध लगाए जस्तै हुन्छ |
- Occupation: जसमा हामी आफ्नो पेशा मात्र एक वाक्यमा बयक्त गर्छौ | उदाहरणको लागि : म श्रेयसी थापा हुँ | म धरान सुनसरीबाट आएको हुँ | म असन काठमाडौँमा बस्छु | म एक सुचिकार हुँ |
अलि बिस्तृत परिचय दिन चाहनु हुन्छ भने हामीले हाम्रो कामको बिषयमा र रुचिको ( Hobbies ) बारेमा ब्याख्या गर्न सकिन्छ | तलको उदाहरण पढौ र त्यसरी नै प्रयोगमा ल्याऔ |
नमस्कार साथीहरु,
म राजेश सक्या हुँ | म ललितपुरबाट आएको हुँ | म पुल्चोक ललितपुरमा बस्छु | म एक शिक्षक हुँ | म त्रिपद्म विधाश्रम हाइ स्कुलमा पढाउछु | म त्यहाँ अंग्रेजी पढाउछु | म ब्याटमिन्टन खेल्छु | यो मेरो मन पर्ने खेल हो | मलाई बाजाहरु बजाउन मन पर्छ | मेरो मन पर्ने बाजा भायोलिन हो | म बेलुकी यसलाई बजाउछु | तपाईलाई यहाँ देखेर साच्चै खुशी छु |
Good morning Friends,
I am Rajesh Shakya. I am from Lalitpur. I live at Pulchok in Lalitpur. I am a Teacher. I teach in Tri-Padma Vidhyashram Secondary School. I teach English there. I play Batminton. It's my favorite game. I like to play musical instruments. My favorite one is Violin. I play it in the evening. I really happy to see you here.
परिचय बुझिसके पछी परिचय कसरि लिने भन्ने बारेमा नि एक उदाहरण पढौ र त्यस्तै तरिकाले आफुले पनि प्रयोग गरौ |
(मानौ तपाई एक रेष्टुरेन्टमा हुनुहुन्छ | तपाइको नजिक एक व्यक्ति छ | जो संग तपाई परिचय गर्न चाहनु हुन्छ) तपाई अपरिचित (Unknown) व्यक्ति संग कुरा गर्दै हुनुहुन्छ त्यसैले नम्र सम्बोधन र बाक्यहरु प्रयोग गर्न बिर्सनु हुदैन !!
तपाई ; सुन्नुहोस त महाशय !
Excuse me Sir.
अपरिचित व्यक्ति : हजुर
Yes, Please.
तपाई : तपाइको परिचय जान्न सक्छु ?
May I know your introduction?
अपरिचित व्यक्ति : अवश्य नै | म किरण शाही हुँ | म बाराबाट आएको हुँ | म कुपन्डोल ललितपुरमा बस्छु | म एक जागिरे हुँ | अनि तपाइको ?
Of course. I am Kiran Shahi. I am from Bara. I live at Kupandol in Lalitpur. I am a service holder and yours?
तपाई : म रामबिर यादव हुँ | म सर्लाहीबाट आएको हुँ | म थिमी भक्तपुरमा बस्छु | म एक बिद्यार्थी हुँ |
I am Rambir Yadav. I am from Sarlahi. I live at Thimi in Bhaktapur. I am a Student.
अपरिचित व्यक्ति : म तपाईलाइ भेटेकोमा धेरै खुशी छु |
I am very happy to meet you.
तपाई : म पनि तपाइलाई चिनेकोमा खुशी छु |
I am pleased to know you.
अपरिचित व्यक्ति : ल त फेरी भेटौला !
Ok, see you again Bye.
तपाई : बिदा !
Bye.









0 comments:
Post a Comment