संसारभर बढ्दो आधुनिकता संगै नेपालमा पनि संचार जगतले निकै फड्को मारेको छ | अनलाइन संचार माध्यमहरुको माध्यमबाट मिनेटमै विश्वभर भैरहेका गतिविधिहरु प्रस्ट थाहा पाइरहेका हुन्छौ | तर हामीले संचार माध्यमको आवश्यकताले नभई स्वतन्त्र, सत्य तथ्य र निष्पक्ष संचार माध्यमको आवश्यकतालाई मध्यनजर गर्दै यस "नेपाल खबर दर्पण" संचालनमा ल्याएका हौ |
विश्वभरी छरिएर बसोबास गरिरहेको मानब समुदायलाई पछिल्लो समयमा सूचना तथा संचार माध्यम अति आवश्यक बनेको छ | यसैलाई मध्यनजर राखी सत्य तथ्य समाचार, राजनीति गतिबिधि, सामाजिक गतिबिधि, बिज्ञान र प्रबिधि, खोजमुलक सामग्री, मनोरन्जनात्मक सामग्री, यौन तथा स्वास्थ्य सम्बन्धि लेख रचना, कला तथा साहित्य सामग्री लगायत समयसापेक्ष सामग्री अनि विश्वभरिका घटनाहरुको बारेमा सुशुचित गराउने हाम्रो उद्देश्य हो | स्वतन्त्र संचार माध्यमको रुमा हामी यस "नेपाल खबर दर्पण" लाइ प्रयासका रुपमा प्रस्तुत गरेका छौ | त्यसैले यस "नेपाल खबर दर्पण" लाइ प्रभावकारी ढंगबाट संचालनको लागि यहाँहरुको माया, अमुल्य सल्लाह सुझाब तथा प्रतिक्रियाको अपेक्षा राख्दछौ |
यहाँहरुबाट प्राप्त लेख रचनाहरुलाई बिशेष प्राथमिकताका साथ प्रकाशित गर्दै लैजाने प्रतिबद्दता गर्दछौ |
नेपाल खबर दर्पण परिवार
नयाँ बानेश्वर, काठमाडौँ, नेपाल |
इमेल: harithamphara@gmail.com








0 comments:
Post a Comment