Thursday, 1 October 2015

अमेरिकामा ७० वर्षपछि दिइयो महिलालाई मृत्युदन्ड


काठमाडौं, असोज १३ । अमेरिकी इतिहासमा ७० वर्षपछि एक महिलालाई मृत्युदन्ड दिइएको छ ।

आफ्ना प्रेमीको सहयोगमा पतिको हत्या गरेको आरोपमा पक्राउ परेकी अमेरिकाको जर्जियाकी ४७ वर्षीया केलीलाई मृत्युदन्ड दिइएको हो । केलीले सन् १९९७ मा प्रेमीको सहयोगमा पतिको हत्या गराएकी थिइन् ।

अदालतले उनका प्रेमीलाई भने यसअघि नै आजीवन काराबासको सजाय सुनाइसकेको छ । आफूले गरेको अपराधप्रति केलीले पोपसमक्ष माफी मागेकी थिइन् ।

तर, पोपले माफी दिन अस्वीकार गरेपछि उनलाई अमेरिकी अदालतले मृत्युदन्डको सजाय सुनाएको थियो ।

मृत्यृको इन्जेक्सन दिनेक्रममा उनले चर्को आवाजमा गीत गाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

0 comments:

Post a Comment