Thursday, 1 October 2015

नेपाली चलचित्रलाई मालामाल, हिन्दीलाई धक्का |


काठमाडौं, असोज । देशमा भारत विरोधी आन्दोलन चर्किरहेका बेला चलचित्र हलहरुमा पनि यसको प्रभाव देखिएको छ । राजधानी काठमाडौं लगायत देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन ।
हाल प्रदर्शनरत चलचित्र ‘चंखे शंखे पंखे’ लाई दर्शकहरुले रुचाएकाछन । गत शुक्रबार (असोज ८) बाट नेपालभर प्रदर्शननमा आएको चलचित्र प्रायजसो हलहरुमा दर्शकहरुको भिड लागेको र राम्रो ब्यापार गर्न सफल रहेको चलचित्रका निर्माता सन्तोष सेनले बताए ।
चलचित्रले पोखराका बिभिन्न हलहरुमा पनि राम्रो ब्यापार गर्न सफल भएको जानकारी प्राप्त भएको छ । आफैं हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका निर्माता सेन दर्शको प्रतिक्रियाबाट खुसी देखिन्छन । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले लगभग करोडको ब्यापार गरिसकेको निर्माता सेनको दाबी छ ।
देशभक्तिपूर्ण चलचित्र चंखे शंखे पंखेको ‘फेसबुकले बिच्चली पार्‍यो’ बोलको गीत धेरैले रुचाएका छन । आसुसेन फिल्म पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन ।
यता चलचित्र ‘भैरव’ र ‘लव सब’ले आक्रमक व्यापार गरिरहेको बेला अर्को कमेडी चलचित्र ‘वडा नम्बर ६’ ले पनि लगानी उठाएको दावी गरिरहेको छ ।
राजधानीका जम्मा २४ वटा पर्दाबाट वडा नम्बर ६ ले यो व्यापार गर्न सफल भएको हो । सिंगल स्क्रिन र मल्टीप्लेक्स हलमा वडा नम्बर ६ ले झनै आक्रमक व्यापार गरिरहेको बताइन्छ ।
दर्शकहरुले चलचित्र हेरिसकेपछि केदार घिमिरे (माग्ने बुढो)को अभिनयलाई अत्याधिक मन पराएका छन् । भने सिताराम कट्टेलको भुमिकालाई पनि दर्शकहरुले त्यतिकै रुचाएका छन् ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् ।
यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । विल्सन विक्रम राई विशेष भूमिकामा छन् । चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।

0 comments:

Post a Comment