Thursday, 1 October 2015

नेपालमा रसिया, चीन र अमेरिकी सैनिक विमानबाट इन्धन ल्याउने तयारी




काठमाडौं - भारतको अघोषित नाकाबन्दीले हवाई इन्धनमा संकट देखिएपछि संकट समधानको लागि सरकारले हवाईमार्गबाट इन्धन ल्याउने तयारी गरेको छ । सरकारले बंगलादेशबाट रसीयन, क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको हो । गत एक सातादेखि इन्धन आउन रोकिएपछि अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी हवाईजहाजलाई मंगलबारदेखि इन्धन दिन बन्द गरिसकिएको थियो । स्वदेशी उडान पनि दुई हप्तासम्म मात्र धान्ने बताइएको छ । २६ वर्षअघि भारतले नाकाबन्दी गर्दा तत्कालीन सरकारले हवाईजहाजबाट मट्टितेल ल्याएर बाँडेको थियो। 

अहिले हवाई इन्धनको संकट चुलिएपछि त्यस्तै उपाय खोज्ने तयारी सरकारले गरिरहेको नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले बताएका छन् । उनले बिबिसी नेपाली सेवासँग भनेका छन्, ‘हामीले हवाईजहाजबाट भएपनि इन्धन ल्याउने मोटामोटी सोच बनाएका छौँ, एकदुई दिनमै त्यसको निर्णय हुनेछ।’ पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले बंगलादेशबाट रसीयन, क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने सुझाब दिएको हो । समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल- ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने पहिलो सुझाब दिएको छ । व्यापारिक प्रयोजनका लागि बनाईएको यो विमानले दुर्गम स्थानमा सैनिक कार्गो गर्छ । 

हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले उडाइरहेका छन् । प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपुर्ती गर्न सकिने दोस्रो उपाय निकालेको छ । ुबैठकले दोस्रो विकल्पमा चीन र अमेरिकी सैनिक विमानबाट इन्धन बोक्न सकिने भनेको छ, बिहीबार सरकारलाई उपयुक्त उपाय सुझाउने छ,’ पर्यटन सहसचिव आचार्यले भने । उनका अनुसार भुकम्पका बेला नेपालमा सहायता लिएर आएका सैनिक विमान सी(१७ ग्लोबमास्टर विमानले तेल आपुर्ती गर्न सक्छन् । लडाईमा बन्दोबस्ती लगायत कार्गो बोक्ने यो विमानले ७० हजार किलोग्रामसम्म कार्गो बोक्न सक्छ ।’ बैठकमा सरकारी अधिकारीहरुले युद्ध सामाग्री बोक्ने सैनिक विमानले ढाकादेखि हवाई इन्धन ल्याउनु परे ४० देखि ५० हजार लिटरसम्म तेल बोक्न सक्ने निष्कर्ष निकालेका छन् । बैठकले यसबाहेक एमआई-१७ हेलिकप्टरबाट पनि हवाई इन्धन आपुर्ती गर्न सकिने भनेको छ । 

यो तेस्रो उपायले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रहेका विमानस्थलसम्म नजिकैका भारतीय सहरबाट हवाई इन्धन ल्याउन सकिन्छ । अहिले काठमाडौंमा रहेको मौज्जदात इन्धनको दाँजोमा तराईबाट इन्धन भर्न आन्तरिक विमान कम्पनीहरुलाई भनिएको छ । तराईका विमानस्थलमा रहेका इन्धन डिपोमा तेल सकिहाले आन्तरिक उडान रोकिने भएकाले बैठकले तत्काल एमआई-१७ हेलिकप्टरबाट इन्धन ल्याउन सकिने भनेको छ । एमआई-१७ हेलिकप्टर नेपाली सेना र श्री एयरलायन्ससँग छन् । यी हेलिकप्टरले भारतीय सीमानाबाट ४र५ टन इन्धन आपुर्ती गर्न सक्ने अधिकारीहरुले भनेका छन् । यसैबीच प्राविधिक समितिको बैठकले नेपाल वायुसेवा निगमको बोइङ्ग ७५७ बाट पनि इन्धन आपुर्ती गर्न सकिने भनेको छ । 

तर रसीयन विमान वा चिनियाँ र अमेरिकी सैनिक विमानबाट आपुर्ती गर्न अन्य दुई उपायभन्दा बढी प्रभावकारी हुने छलफलमा भनिएको छ । यति एयरका प्रवक्ता भीम राईले निगमले वैकल्पिक व्यवस्थाको आश्वासन दिएको बताए। उनले भने, “विमान बंगलादेशबाट, थाइ एयरबाट र हाम्रै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई बाहिरबाट आउँदा अलि बढी इन्धन लिएर आउनका लागि व्यवस्था मिलाइएको भनी नेपाल आयल निगमले भनेको त छ तर हामी ढुक्क भने हुन सकेका छैनौँ।” नेपाल आयल निगमका अनुसार भारतबाट दैनिक इन्धन बोकेको साढे तीन सय ट्रक आउने गरेकोमा अहिले दिनमा एक दुईवटा ट्रकमात्र सीमा नाकाबाट आउने गरेको छ। हाल काठमाडौंबाट ४० वटा विमानले दैनिक ३ सय हाराहारी आन्तरिक उडान गर्छन् । हाल बुद्ध एयरका ८, यतिका ७, ताराका ७, नेपाल वायु सेवा निगमका ४, सिम्रिकका ४, गोमाका ४, कास्टमन्डपका २, मकालुका २, सीताको एक र सौर्यको एक गरी ४० वटा विमानले नेपालका ३० बढी सुगम र दुर्गम भेगमा आन्तरिक उडान गर्छन् । 

 – बिबिसी नेपाली सेवा र कान्तिपुरको सहयोगमा

0 comments:

Post a Comment