एजेन्सी ।
अहिले संसार नै इन्टरनेटले जोडेको छ । मानिसहरु मोबाइलमै संसार खोज्छन् । इन्टरनेटले यो कुरा सम्भव छ । यही अवस्थामा इन्टरनेट बन्द भयो भने के होला ?
हुन त अहिले इन्टरनेट बन्द हुने कल्पना गर्न कसैले पनि सक्दैन । तर बेलायतको लण्डनस्थित डकल्याण्ड जिल्लामा पर्ने क्यानरी वार्फको उत्तरमा पर्ने एक भब्य भवनबाट संसारभरीको इन्टरनेट बन्द गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
यो भवनको बाहिरी भाग मेटल फेन्सले घेरिएको छ । यहाँ कुनै झ्याल पनि छैन । सुरक्षाका लागि हजारौं क्यामरा लगाइएको छ । यो लिङ्क्स (लण्डन इन्टरनेट एक्सचेञ्ज) को बिलण्डिङ हो । यो संसार भरी चलिरहेको इन्टरनेटको ट्राफिक एक्सचेञ्जका लागि सबैभन्दा ठुलो स्टेसन हो ।
यति ठूलो इन्टरनेट एक्सचेञ्ज स्टेसन संसारमा अन्यत्र छैन । यहाँ करिव करिव यस्तै ठुला स्तरका लिङ्क एक्सचेञ्ज संसारभरीमा केवल ३० वटा भएको बताइन्छ ।
यहाँबाट संसारभरीको इन्टरनेट नियन्त्रण हुन्छ । यो भवनमा कुनै बाह्य आक्रमण भयो वा कुनै वाधा अवरोध भयो भने संसारभरीको इन्टरनेट प्रभावित हुन पुग्छ ।
विभिन्न स्थानमा रहेका ती ३० भवनमा आक्रमण भयो भने विश्वभरीकै इन्टरनेट प्रभाव बन्द हुने छ । अहिले सम्म यस्तो भएको छैन ।








0 comments:
Post a Comment