Tuesday, 8 September 2015

नक्कली र सक्कली आइफोन कसरी चिन्ने?


एप्पलले आफ्नो नयाँ आईफोन सान फ्रान्सिस्कोमा चाडै सार्वजनिक गर्दैछ। यो नयाँ आईफोनको नाम आईफोन ६एस वा आईफोन ७ हुनेछ। नयाँ आईफोन लञ्च हुनैलाग्दा पुराना आईफोनको मूल्यमा पनि केही कमी आउनेछ। मुल्य घटेको बेला आईफोन किन्दा केही सावधानी भने अपनाउनुपर्छ किनकी बजारमा नक्कली आईफोन पनि देखिने गरेका छन्। कसरी चिन्ने सक्कली र नक्कली आईफोन?

नयाँ आईफोन आउदै, के के छन् विशेषता?

आईफोन किन्दा, बटनको ठाँउ, स्क्रिनको आकार, एप्पलको लोगो, अपरेटिङ सिस्टम, सिरियल नम्बर, बिल्ट-इन एप्स, मेमोरी क्यापासिटी, मोटाइ अनि तौल, वेलकम स्क्रिन अनि वारेन्टी राम्रोसंग याद गर्नुपर्छ।
बक्सःreal and fake iphone 6 (1)
आईफोन राख्ने बक्सबाट पनि सक्कली नक्कली छुट्याउन सकिन्छ। सक्कली बक्समा कालो अक्षरले iPhone लेखिएको छ भने नक्कलीमा सुनौलो वा सुन्तला रंगले iPhone लेखिएको भेटिन्छ। सक्कलीको बक्स अलि सानो अनि चिटिक्क परेको हुन्छ भने नक्कलीको बक्स अलि ठुलो अनि भद्दा हुन्छ। सक्कली बक्सको पछाडी फोनको बारेमा केही लेखेको हुन्छ भने नक्कली आफ‍ईफोनको बक्सको पछाडी केही लेखिएको भेटिदैन।
बक्स भित्रः
real and fake iphone 6 (2)बक्स भित्र आईफोनकै आकारको प्लास्टिक कार्ड पहिला भेटिन्छ। नक्कली र सक्कली दुवैमा यस्तो कार्ड खासै फरक हुदैन। दुवैको बीचमा प्वाल हुन्छ। सक्कलीमा क्यामेराको ठाउँमा पनि प्वाल पारिएको हुन्छ यो कार्डमा। त्यसपछि फोनसंग सम्बन्धित कागजपत्र हु्न्छन। सक्कलीको कागपत्रको गुणस्तर निकै राम्रो हुन्छ।
उपकरणहरुःreal and fake iphone 6 (3)
कागजपत्रको तल प्यास्टिकको एक बक्समा फोनलाई आवश्यक पर्ने उपकरणहरु राखिएको हुन्छ। यो इयरफोन दुवै बक्समा उस्तै जस्तो देखिन्छ। जसको गुणस्तर केही सुने पछि पत्ता लाग्छ। सक्कलीको बक्समा चार्जर र डाटा केवलको लागि छुट्टा छुट्टै ठाउँ हुन्छन्, जुन नक्कलीको बक्समा हुदैन।
फोनको पछाडीःreal and fake iphone 6 (4)फोन सक्कली की नक्कली छुट्याउने सजिलो तरिका फोनको पछाडीको भाग हो। सक्कलीमा फोनको बारेमा लेखिएको जानकारी सबैभन्दा तल हुन्छ भने नक्कलीमा केही माथी। त्यस्तै एप्पलको लोगो नक्कलीमा ऐना जस्तो टल्कन्छ। सक्कलीमा पनि लोगो टल्कन्छ तर ऐना जस्तो रिफेल्ट भने गर्दैन।
क्यामेराःreal and fake iphone 6 (5)सक्कली र नक्कली आइफोनको क्यामेराको डिजाईन निकै फरक छ। नक्कली क्यामेराको वरिपरि सिल्भर रंगको एक घेरा हुन्छ, जुन सक्कलीमा हुदैन। सक्कली आईफोनको फ्याल्स लाइटको रंग पहेंलो छ, अनि भित्र फैलिएको जस्तो देखिन्छ। तर नक्कलीको पनि रंग पहेंलो नै देखिन्छ तर भित्र खुम्चेको हुन्छ।
मोटाइ र बटनःreal and fake iphone 6 (6)सक्कली नक्कली दुवैको मोटाइ करिब करिब उस्तै भेटिन्छ। अलि नियालेर हेर्ने हो भने सक्कली नक्कली बन्दा थौरै पातलो छ। सक्कलीको तुलनामा नक्कलीको साइड बटन अलि साह्रो छ। भोलुम बटन सक्कलीको थिच्दा आवाज आउँछ जुन नक्कलीमा हुदैन।
डिस्प्ले र आईकनreal and fake iphone 6 (7)सक्कली र नक्कली फोन लाई अन गर्ने बित्तिकै यी दुईको डिस्प्ले क्वालिटीको फरक थाह पाउन सकिन्छ। सक्कलीको डिस्प्ले नक्कलीको भन्दा चहकिलो अनि प्रष्ट छ। लक स्क्रिनमा देखिने क्यामेराको आइकन निकै फरक छ। Slide to unlock लेखेको नक्कलीमा सादा रंगमा छ भने सक्कलीमा केही एनिमेसन गरिएको भेटिन्छ।
real_and_fake_iphone_6
नक्कली आईफोन ६ को एपस्टोर चीनियाँ भाषामा छ। सक्कली आईफोन एक पटक भएपनि चलाउनुभएको छ भने नक्कली आइफोन कुन हो भनी छुट्याउन गाह्रो पर्ने छैन।
यी सबै टिप्स आईफोन ६ को सक्कली र नक्कली छुट्याउनको लागि हो। सेट नै फरक हुने भएपछि डिजाइन, क्षमता सबै फरक नै हुने भइहाल्यो। तर किन्ने बखत यी कुरा ध्यान दिँदा नक्कली भएपनि चिन्न सकिन्छ।

0 comments:

Post a Comment