Tuesday, 8 September 2015

लालबाबुले ‘फोन गर्नुस्’ भन्दै आफ्नो फोन नम्बर दिए


२२ भदौ, काठमाडौँ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश निर्माणका लागि नयाँ ‘एजेन्डा’ भए आफूसमक्ष ल्याउन विद्यार्थीलाई आग्रह गरेका छन् ।
‘मोर्डन कन्या कलेज’को वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘असल पुस्ता निर्माण हाम्रो अभियान’ विषयको अन्तरक्रियामा उनले विद्यार्थीलाई आफ्नो ‘मोबाइल नम्बर’ टिपाउँदै भने, “अब देशको सार्वभौमिकता युवा र विद्यार्थीले रक्षा गर्नुपर्छ । यसका लागि साम्प्रदायिकताभन्दा माथि उठ्नुपर्छ । समग्र क्षेत्रको सुधारसँगै विकास निर्माणको प्रस्ताव लिएर आउनुहोस् । म हरेक पाइलामा तपाइँहरुलाई साथ दिन तयार छु ।”
Lalbabu Pandit12
मन्त्री पण्डितले शिक्षा क्षेत्रको सुधारका लागि यस क्षेत्रका डिभी, पिआर लिएकालाई पनि कारबाहीको प्रक्रिया अघि बढेको बताउँदै भने, “त्रिविमा मात्र दिनको छ÷सातवटासम्म डिभी, पिआर लिनेको राजीनामा आउने गरेका छन् ।”
उनले सरकारी विद्यालयको प्रधानाध्यापक निजी विद्यालयको पनि प्रधानाध्यापक रहने परिपाटी अन्त्य नभएसम्म शिक्षामा गुणस्तरीयताको विकास नहुने बताए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपाल दक्षिण एसियामै वर्षभरिमा कम दिन पठनपाठन हुने देश भएकाले यसमा सुधार नभएसम्म शिक्षा क्षेत्रका अन्य सुधार गौण हुने बताए ।
कानुनविद् काशीराज दाहालले सूचना प्रविधिमा अघि बढे पनि विद्यार्थीमा नैतिक शिक्षाको कमी देखिएकाले सदाचार निर्माण गर्ने खालको शिक्षा अबको आवश्यकता भएको औँल्याए । ‘मिस नेपाल’ सुविन लिम्बूले विद्यालय देशभर निर्माण भए पनि गुणस्तरीयतामा सुधार देखानपरेको बताए । रासस

0 comments:

Post a Comment