काठमाडौं, माघ ८ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका नेपाल अहिले बहराइनसँग भिडिरहेको छ ।
मध्यान्तरसम्म नेपालले १–० को अग्रता बनाएको छ । खेलको पाँचौ मिनेटमा विमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेल्दै गरेको नेपाली टोली लामोप्रतिक्षाको उपाधि खडेरी टार्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ ।
।
नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको हो । त्यस्तै, बहराइनले आयोजक बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै १७ वर्षपछि कुनैपनि प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
सन् १९९९ को दक्षिण एसियाली खेलकुदपछि नेपाल फाइनलमा पुग्न सकेको थिएन । नेपाली फुटबलको इतिहासमा सन् १९८४ र सन् १९९३ को सागमा उपाधि जितेबाहेक नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।
ढाका मैदानमा बहराइनलाई हराउन सके नेपालले २३ वर्षदेखिको उपाधि खडेरीमात्र पुर्ने छैन, सबैभन्दा ठूलो उपाधि उचाल्ने छ ।
लाइभ भिडियो हेर्नुहोस !









0 comments:
Post a Comment