Tuesday, 8 September 2015

संविधानसभा छोड्ने चेतावनीसहित गच्छदारको पत्रः प्रक्रियाबाट बाहिरिएको घोषणा


२२ भदौ, काठमाडौं ।
केही अघि सम्म ४ दलीय सहमतिमा सहभागी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले आफ्नो पार्टी संविधानसभाबाट बाहिरन सक्ने चेतावनीसहितको पत्र सभाध्यक्ष सुवास नेम्बाङलाई बुझाएका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरबारमा अध्यक्ष विजयकुमार गच्छदारले आज भेट गरी आफूहरु संविधान निर्माणको जारी प्रक्रियामा सहभागी हुन नसक्ने जानकारी गराउँदै सहमति निर्माणका लागि हुने सम्पूर्ण सकारात्मक पहलमा आफ्नो पार्टी रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराएका हुन् ।
Bijay-Gachhadar talking
ध्यानाकर्षणपश्चात् सञ्चारकर्मीसित अध्यक्ष गच्छदारले संविधान निर्माणमा नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) ले बलमिच्याइँ प्रवृत्ति देखाएको आरोप लगाए ।
उनले भने– “तीन ठाउँको मुहानको पानी खाँदै आएका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)लाई मैले १६ बुँदे सहमतिमार्फत एकै ठाउँमा ल्याएँ । मेरै कारण संविधान निर्माणको कार्य यो चरणसम्म आइपुगेको हो ।”
उनले १६ बुँदे सहमतिलाई उल्लङ्घन गरेर प्रमुख तीन दलले छ प्रदेश हुँदै सात प्रदेश बनाउन सहमति गरेको आरोप लगाउँदै तीन दलबीच भएको सात प्रदेशको सहमतिमा आफ्नो पार्टीको समर्थन नभएको बताए ।
“सहमति गर्दा मैले थारु पनि भनिनँ, मधेसी पनि भनिनँ, १६ बुँदे सहमति गरेँ । थारु र मधेसीले राखेका माग सम्बोधन नभई जारी हुने संविधान दिगो हुँदैन” – अध्यक्ष गच्छदारले भने ।
अध्यक्ष नेम्वाङले अझै संविधान निर्माणको काम बाँकी रहेको र सम्बोधन हुने ठाउँ रहेको जानकारी गच्छदारलाई दिएका थिए ।

0 comments:

Post a Comment