काठमाडौं, असोज ७ । साउदी अरेबियाको मक्का नजिकै हजयात्राका क्रममा भागदौड मच्चिँदा कम्तिमा ७ सय १७ जनाको मृत्यु भएको छ ।
हजका लागि भेला भएका मुस्लिम तीर्थयात्रीहरुबीच भागदौड मच्चिएको हो । मक्काबाट ५ किलोमिटर पर रहेको स्थानमा भएको उक्त घटनामा कम्तिमा ८ सय ५ तीर्थयात्रीहरु घाइते भएको जनाइएको छ ।
/>घाइतेहरुको उद्धार गर्ने काम भइरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भागदौडको कारण खुल्न नसकेको पनि अधिकारीहरुले बताएका छन् ।
हजका लागि मक्का–मदिनामा विश्वभरका करिब २५ लाख मुस्लिम तीर्थयात्रीहरुको भीड लाग्ने गर्दछ । (एजेन्सी)








0 comments:
Post a Comment