रुँदा हुने ६ फाइदाको चर्चा गरिएको छ यहाँ । मानिसका आँशु तीन तरिकाले निस्कन्छ । एक भावनात्मक उद्वेग, बाहिरी चिज आँखामा पर्दा वा ब्याक्टेरियाको आक्रमण ।
१. रुँदा आँखाको दृष्टी क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखाको ममब्रेन सुख्खा हुँदा परेको नकारात्मक असरलाई रुँदा निस्केको आँशुले चिसो तुल्याइदिन्छ र यसो गर्दा दृष्टी क्षमता बढ्छ ।
२. आँशुमा लोसोजोम नामक तत्व हुन्छ । यो बाहिरी ब्याक्टेरियाको आक्रमणबाट जोगाउन ९० देखि ९५ प्रतिशत सम्म सफल हुने मानिन्छ ।
३. तनावको अवस्थामा आँशु आयो भने त्यसको साथमा एड्रेनोकोर्टिकोट्रोपिक र ल्यूसीन एनसिफलिन जस्ता हर्मोन पनि पैदा हुन्छ । यसले तनाव कम गर्न सहज तुल्याउँछ ।
४. आँशुले बाहिरी रसायनबाट पनि बचाउँछ । प्याज काट्दा निस्कने रसायन वा धुँवा धुलोले असर परेको आँखालाई जोगाउन आँशुको भूमिका निक्कै महत्वपूर्ण हुन्छ ।
५. भावनात्मक उद्वेगका कारण निस्कने आँशुमा एल्बुमिन प्रोटीनको मात्रा २४ प्रतिशतले बढी हुन्छ यसले पाचनलाई समेत प्रभावित गर्छ ।
६. समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ ।








0 comments:
Post a Comment