काठमाडौं, असोज १२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल आपूर्ति व्यवस्था सहज गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।
एमालेले मंगलबार राजधानीमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्र्दै अध्यक्ष ओलीले भारत सरकार र भारतीय नेतृत्वले नेपालमा आपूर्ति रोक्न नमिल्ने भन्दै तत्काल आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका हुन् ।
/>विश्वले नेपालमा संविधान जारी भएकोमा स्वागत गरे पनि छिमेकी भारतले स्वागत नगरेकोमा आश्चर्य व्यक्त गर्दै ओलीले नेपालीहरुको चुलोचौको बन्द गर्ने आन्दोलन छाडेर वार्तामा बस्न मधेसी मोर्चालाई आग्रह गरे ।
अध्यक्ष ओलीले आन्दोलनकारीको संविधान पुनर्लेखनको मागलाई भने असंवैधानिक र जिद्दिपन भनी टिप्पणी गरे ।
उनले उपराष्ट्रपति परमानन्द झातर्फ संकेत गर्दै ‘राजनीति नगर्ने संस्थाले राजनीति नगर्न र आफ्नो सीमामा रहन आग्रह गरे ।
एकदिने राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको केन्द्रीय समिति, सांसद, जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्षहरुको सहभागिता छ ।

0 comments:
Post a Comment