Tuesday, 29 September 2015

मनाङलाई हराउँदै आर्मी तेस्रो स्थानमा


काठमाडौं, असोज १२ । रेडबुल राष्ट्रिय लिग फुटबलमा दाबेदार मनाङ–मर्स्याङदीलाई अर्को दाबेदार त्रिभुवन आर्मी क्लबले १–० ले हराएको छ ।

मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको १८औं मिनेटमा नवयुग श्रेष्ठले गरेको गोल नै मनाङलाई हराउन पर्याप्त बन्यो ।

यो खेलसँगै लिग तालिकामा १३ खेलबाट २४ अंकका साथ झापा–११ शीर्ष स्थानमा कायमै रहँदा ११ खेलबाट २२ अंकको थ्रीस्टार क्लब दोस्रो स्थानमा छ ।

त्यस्तै, आर्मी गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ । १९ अंकको मनाङ चौंथो स्थानमा झरेको छ । १७ अंक जोडेको सुदूरपश्चिम छैटौं स्थानमा रहँदा १२ अंकको नेपाल पुलिस क्लब सातौं स्थानमा झरेको छ ।

0 comments:

Post a Comment