काठमाडौँ ,बाबुराम भट्टराई पार्टीबाट अलग भए संगै प्रचण्ड मोर्चा एमाओवादी भित्र निक्कै संकटमा परेको छ ,केही समय अगाडी लोकेन्द्र बिष्टअलग भएका थिए ,पार्टी भित्र हेमन्त प्रकाश वोली ,नन्दकिशोर पुन लगायतका नेताहरु बेवारिशे छन् अमिक शेरचनहरुले अलग भेला केहि अगाडी राजधानी मा सपन्न गरेका थिए , यो घटनाक्रम संगै बाबुराम को बहिर्ग्यमनले प्रचण्ड निक्कै संकटमा परेको राजनीतिक विस्लेशक हरु बताएका छन् यसलाइ उनले संसदिय अभ्यासको कमी भनेर स्विकार गरेको भए पनि उनि यसमा अभ्यस्त हुन्जेल एमाओवादी पार्टीको अस्तित्व नरहने हो कि भन्ने चिन्ताले एमाओबादीका कार्यकर्ताहरु निरास बन्दै गएका छन।
माओवादी लडाकुका नाममा २० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलगायत केही उच्च पदस्थ व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लगाउने तयारी गरिरहेको बताइएको छ ।आयोगले शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब–भत्ताका लागि राज्यकोषबाट वितरण भएको रकमसम्बन्धी पूर्णविवरण पठाउन शान्ति मन्त्रालयलाई हालै दोस्रो पत्र लेखेको छ । आयोगले शिविरमा उपस्थित नभएका व्यक्तिलाई नक्कली लडाकुका रुपमा देखाएर अरबौं रुपैयाँ भ्रष्टाचार भएको आशंकामा छानबिन गरिरहेको छ ।माओवादी लडाकुको एकिन विवरण संकलन गर्न गठित कार्यदललाई दिइएको भुक्तानीको विवरण माग गर्दै अख्तियारले केही महिनाअघि पत्र पठाएको थियो ।मन्त्रालयले जवाफ पठाएपछि ‘अनियमितता’ मा संलग्न व्यक्तिहरुसँग बयान लिने उसको तयारी छ ।
तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यकोषबाट भएको खर्च दुरुपयोग भएको निष्कर्षसहित यसमा छानबिन गर्न नीतिगत निर्णय गरेको थियो । एमाले निकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा करोडौं रकम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको थियो ।०६३ मंसिर ५ मा शान्ति–सम्झौत भएपछि सुरुमा ३२ हजार २ सय ५० लडाकु शिविरमा उपस्थित भएको बताइएको थियो ।
राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणीकरणमा १९ हजार ५ सय लडाकुमात्र योग्य भएका थिए । प्रमाणीकरणका बेला १८ वर्षमुनिका ४ हजार ८ लडाकुलाई शिविरबाट निकालिएको थियो । अनमिनको प्रमाणीकरणअनुसार लडाकुको कुल संख्या १९ हजार ६ सय भनिए पनि समायोजन तथा पुनस्र्थापनाका लागि भएको पुनर्वर्गीकरणमा १७ हजार ७४ लडाकु सामेल भएको पाइएको थियो । त्यसबेला करिब ३ हजार लडाकु गायब भएका थिए ।
आफ्नै पार्टी भित्रका प्रभावशाली नेता तथा उपाध्यक्ष द्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहितका केहि नेताहरुले संविधान जारी नगर्न दिएको दबाबलाई वास्तानगरि अघि बढेका अध्यक्ष पुस्पकमल दहाल र उनको टिम यतिबेला एम्बुसमा परेको छ जसको कारण अबको केहि समयमै एमाओबादीमा बिघटन देखिने अनुमान गर्न सकिन्छ
एकथान संविधानको घोषणा संगै एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी )मा सङ्कटको आगो सल्केको छ।संविधान सभाबाट संविधान भन्ने एमाओबादीको एजेन्डानै अहिले यतिबेला उसलाइ ‘ नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार ‘ भने झै भएको देखिन्छ
लामो समयदेखि बाबुरामलाइ झेल्दै आइरहेका पुष्पकमलले बाबुरामका असन्तुष्ट बनाएरै संविधानमा सहमति जनाएपनि आफैले एकीकरणमा ल्याएका नारायणकाजीको संविधान जारी गरे एक्लिनुपर्ने चेतावनीलाइ बेवास्ता गर्दा उनी पार्टी भित्र साच्चिकै एक्लो बन्न पुगेकाछन।
यसपटक राजनेता बन्ने भुत सबार हुदा दाहालले पार्टी जोगाउन नसक्ने आकलन गरिएको छ।पछिल्लो समय भारतीय हस्तक्षेपका विरुद्ध ‘ एसम्यान बन्न नसकिने’उनको खुलामञ्चको खुला गर्जनले उनलाइ भारतसङ्ग पहिलेकै अबस्थामा पुर्याइदिएको छ।
पुष्पकमललाइ सधै पर राख्नपर्ने भारतीय विश्लेषण पुन भएको छ र अब उसले पुष्पकमललाइ पत्तासाफ गर्न कुनै कसर बाकी नराख्ने कुरा निश्चित छ।
केहि दिन अगाडी मात्र जनकपुरमा एमाओबादीका असन्तुष्ट नेताहरुले भेला गरि पुष्पकमलको नेतृत्वमा अघि बढ्न नसकिने निर्क्यौल निकालिएको थियो उनीहरुले मधेसको मागमा पार्टीले इमानदारी नदेखाएको र काङ्ग्रेस एमालेको पिछलग्गु भएको आरोप लगाउदै अब बैकल्पिक नेताको नेतृत्वमा अघि जाने योजना बनाएको बुझिएको छ।यदि यसो भयो भने बबुराम वा तराइ मुलका नेता रामचन्द्र झाको नेतृत्वमा एमाओबादी पुन फुट्नेछ र यसले पार्टी फुटको इतिहासमा अर्को रेकर्ड राख्नेछ। भन्ने अनुमान छ .
एमाओबादी एम्बुसमा यसरी परेको छ कि त्यो अब बिस्फोटको धक्का खाएर नै मुक्त हुनेछ।उसलाइ एम्बुसबाट बचाइदिने कोहि छैनन बरु पर बसेर ताली पढ्काउनेहरुलाइ नै उसले आफ्नो मसिहा ठानेर प्रार्थना गरिरहेको छ।भुलबाट कहिल्यै नसिक्ने एमाओबादीलाइ कार्यकर्ताहरुले राम राम बाहेक केहि भन्न सक्नेछैनन।
जनमुक्ति सेनाका कमरेडहरुलाई मध्यरातमा सेना लगाएर कब्जा गर्ने प्रधानमन्त्री यहि बाबुराम भट्टराई हुन् |” जनमुक्ति सेनालाई रुँदै घर जान बाध्य पार्ने यहि बाबुराम र प्रचण्डहरु हुन् बिप्पा सम्झौता गर्ने उनी हुन् , सुकुम्बासीका बस्तीमा डोजर लगाउदै हिड्ने उनी हुन्!किसान मार मजदुरमारा संबिधान जारिगरी गरे ,देसमा जनयुद्दको उठान र समापन किन र के का लागि गरेछन ? त्यो चै खोजको विषय हुनेछ |









0 comments:
Post a Comment