Monday, 5 October 2015

चीनबाट सामान ल्याउनुस् भन्दा झोक्किए आपूर्तिमन्त्री


Sunil-Bahadur-Thapa









काठमाण्डु,  असोज– आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नेपालमा जारी नाकाबन्दी हटाउन भारतीय अधिकारीहरु सकारात्मक रकेको दाबी गरेका छन् ।


नाकाबन्दी हटाएर आपूर्ति र आवत जावत खुलाउन भन्दै प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा सोमबार दिल्ली गएका थापाले त्यहाँका अधिकारीसँग भेटवार्ता जारी राखेका छन् । मंगलबार राति बीबीसी नेपाली सेवासँग कुरा गर्र्दै थापाले आफूले नेपाल र नेपालीको हितमा कुरा राखेको र समस्या समाधानको लागि भारतीय पक्ष गम्भीर पाएको बताए ।
समस्याको समाधान चाँडोभन्दा खोज्न उहाँहरु गम्भीर हुनुहुन्छ’, थापाले भने, ‘समस्या लम्ब्याउँदा दुबैलाई घाटा हुन्छ भन्ने कुरा उहाँहरुले पनि बुझ्नुभएको छ ।’
भारतले नेपालमा नाकाबन्दी गरेको हो वा होइन भन्ने जिज्ञाशाको भने उनले स्पष्ट जवाफ दिन चाहेनन् । बीबीसीको एक प्रश्नको जवाफमा थापाले चिनियाँ नाका सुचारु गराउनेबारे अनिक्षा प्रकट गरे ।
‘किन चीनको कुरा गर्नुहुन्छ, हवाई मार्ग हुँदै जहाँबाट पनि सामान ल्याउन सकिन्छ’, उनले भने ।
थापा प्रधानमन्त्री कोइरालाको विशेष प्रतिनिधिका रुपमा सोमबार दिल्ली पुगेका थिए । उनले अmभै केही दिन उतै बिताउनेछन् ।

0 comments:

Post a Comment