१. शुरुमा कण्डोमको प्याकेटबाट कण्डोमलाई छेउँ तर्फ धकेल्नुस् । यसो गर्दा कण्डोम फुट्ने खतरा रहँदैन । यसमा हावाका फोका छन् कि छैन हेर्नुस् । यदि हावाका फोका छन् भने कण्डोम ठिक छ । यदि छैनन् भने कण्डोम फुटेको हुन सक्छ ।
२. कण्डोम निकाल्दा दाँत वा कैँची जस्ता धारिला बस्तुको प्रयोग कहिल्यै पनि नगर्नुस् । यसले कण्डोम फुट्ने सम्भावना बढी हुन्छ । कण्डोमलाई २ छेउँमा समातेर लिङ्ग प्रवेश गराउनु पर्छ अन्यता यो उल्टो पर्यो भने तपाइँलाई चिल्लो पनाको अभावमा समस्या हुन्छ ।
३. कण्डोमको टुप्पोमा च्याँप्नु भो भने यसमा रहेको हावा बाहिर जान्छ अनि मात्र लिङ्ग प्रवेश गराउनु पर्छ ।
४. यौन सम्पर्क गर्दा कण्डोमको पछिल्लो केही भाग बाहिरै देखिएको हुनु पर्छ अन्यता कण्डोम भित्र अड्किने र गर्भ रहने डर हुन्छ ।
५. कण्डोम प्रयोग गरेपछि शौचालयमा कहिल्यै पनि नहाल्नुस् । यसो गर्दा ट्वाइलेट जाम हुने खतरा हुन्छ ।
६. कण्डोमको प्याकेटमा सँधै उत्पादन मिति हेर्नुस् ।
७. कण्डोमको पुनः प्रयोग कहिल्यै पनि नगर्नुस् ।








0 comments:
Post a Comment