Wednesday, 23 September 2015

पैसा दिएर स्कर्टिङ गरिएका गाडीमा ढुंगा हान्न बालकको प्रयोग, तीनजना समातिए


बारा, असोज ६ । स्कर्टिङ गरिएका सवारी–साधनमा ढुंगा प्रहार गर्ने तीनजना बालकलाई प्रहरीले बाराको जितपुरबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराको प्रहरी गस्तीले मंगलबार राति लुकेर सवारी–साधनमा ढुंगा प्रहार गर्दै गरेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमा गढिमाइ नगरपालिका जीतपुरका विनोद महतो, अर्जुन सिंह र बिकी साह रहेका छन् । ढुंगा हान्ने पाँचजना भने भागेका थिए ।

नियन्त्रणमा लिइएका बालकहरुले गाडीमा ढुंगा हानेबापत आन्दोलनकारीले जनही २० रुपैयाँ दिने गरेको बताएका छन् ।

गाडीमा ढुंगा हान्न बालकहरुलाई प्रयोग गर्ने गिरोहको खोजी भइरहेको प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए ।

0 comments:

Post a Comment