औद्योगिक प्रवर्द्धन बोर्डको २ सय १६ औं बैठकले बियर उद्योग (माइक्रोब्रुअरी) स्थापनाका लागि इजाजत दिने निर्णय गरेको छ। केही दिनअघि उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले माइक्रोब्रुअरी सहितको रेष्टुरेन्ट पर्यटन उद्योगको रूपमा वर्गीकरणमा समावेश गर्नको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ७ प्रतिशत सम्म हुनुपर्ने मापदण्ड तोकिएको छ। त्यस्तै मापदण्डअनुसार माइक्रोब्रुअरी पक्की भवनमा स्थापना हुनु पर्नेछ भने कच्चा पदार्थ भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित बस्तुको भण्डारण छुट्टा–छुट्टै स्थानमा गरिने व्यवस्था मिलाइएको हुनुपर्नेछ।
सफा प्रयोगशालाको व्यवस्था भएको हुनु पर्ने तथा माइक्रोब्रुअरीमा प्रयोग हुने ट्याङ्की एवं पाइपलाइन स्टेनलेस स्टीलको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएको छ। कम्पनीले प्लास्टिकको पाइलाइन प्रयोग गर्नु पर्ने देखिएमा फूड ग्रेडका मात्र प्रयोग गर्नुपर्नेछ ।
यस्तो माइक्रोब्रुअरी सहितको रेष्टुरेन्ट पर्यटन उद्योगको रूपमा वर्गीकरणमा समावेश गर्नको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न नेपाल सरकारलाइ सिफारिस गर्ने निर्णय भएको छ।








0 comments:
Post a Comment