Tuesday, 8 September 2015

आमाभन्दा ठुलो कुनै

गजल 
 
 

****************************
आमाभन्दा ठुलो कुनै,नाता छकि अर्को?
बुढेसकालमा अर्ती दिदा,किन मान्छन झर्को?

जन्म दिई अमृत पिलाई,जीवन दान दिन्छिन्,
ठुलो भई उनकै लागि, किन हुन्छन टर्को,?


मिठो बोली बोली दिदा,खुशी हुने आमा,
विवाह गरी ल्याए पछि,किन गर्छन फर्को?


प्राणसम्म दान दिने,आमा देवी माथि,
धनदौलतको मात लागि नजर,किन गर्छन कर्को?


सुम्पी दिन्छिन् सबै आफ्नो,धन दौलत उनलाई,
रोगी भई हेर्नु पर्दा, किन मान्छन चर्को?

0 comments:

Post a Comment