काठमाडौं, असोज ४ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले साउथ ह्याम्पटनलाई ३-२ ले हराएको छ ।
साउथ ह्याम्पटनको मैदानमा सम्पन्न खेलमा घरेलु टोलीले पहिलो गोल गरे पनि अग्रतालाई जोगाउन नसक्दा अन्त्यमा ३-२ ले पराजित भएको हो ।
प्रिमियर
लिग अन्तर्गत आइतबार रातीको अर्को खेलमा लिभरपुललाई नर्वीच सिटीले १-१ गोलको बराबरीमा रोकेको छ । उता टोटनह्याम हट्सपरले भने क्रिष्टल प्यालेसलाई १-० ले हराएको छ ।
आइतबार रातीका खेलहरुपछि इङ्लिस प्रियिमर लिग फुटबलमा ६ खेलबाट १५ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।
समान खेलबाट १३ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने १२ अंकको साथ वेष्ट ह्याम युनाईटेड तेस्रो स्थानमा छ ।
समान १२ अंक जोडेको लेष्टर सिटी चौथो स्थानमा छ भने पाँचौ स्थानको आर्सनलको १० अंक छ । साविक विजेता चेल्सी भने ७ अंकको साथ १५ औं स्थानमा छ ।








0 comments:
Post a Comment