कृष्ण ढकाल -
मधेसी भएकैले मलाई
काठमान्डुको नेवार घरबेटीले
हेपेर बोल्यो,
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
नेवार भएकैले मेरा बालाई
जागिरको उच्चतहबाट रिटार भएपछि
सरकारले थप नियुक्ति दिएन
त्यसैले
बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाति भएकैले मलाई
नापीको मधेसी हाकिमले
जग्गा पास गर्दा घुस माग्यो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
सार्की भएकैले म
पल्लो टोलको त्यो कामीले
मैले छोएको खाएन
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
गरिब मधेसी भएकैले म
आफ्नै मधेसी लोग्नेले मेरो छोरीलाई
जिउँदै जलाएर मार्यो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद!
जनजाति भएकैले मेरा बा
बेलायति लाहुरे भए
त्यही पैसाको मातले म बिग्रें
तर मेरै घरको भान्छे बाहुनको छोराले
पढेर जागिर खायो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाति र मधेसी भएकैले म
तगडा तगडा क्षेत्री बाहुनलाई नबोकाएको
सरकारी जागीरको भारी बोकाइयो मलाई
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
मधेसी र जनजाती भएकैले
कहिले प्रधान न्यायाधीश
त कहिले प्रधानसेनापति जस्तो
जोखिमपूर्ण कामको भारी बोकाइयो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
मधेसी र जनजाति भएकैले
इतिहासको जटील मोडमा
राष्ट्रपति र सभाध्यक्षको भारी समेत बोकार्इयो

0 comments:
Post a Comment