Thursday, 24 September 2015

उमेरले अमिल्दो नेपाली अभिनेताको जोडि कोही २२ त कोहि २० बर्ष कान्छा ।



उमेरले अमिल्दो नेपाली अभिनेताको जोडि कोही २२ त कोहि २० बर्ष कान्छा  ।


  
असोज काठमाण्डौ
खाईलाग्दो ज्यान । आर्कषक व्यक्तित्व । अभिनयमा अब्बल, अभिनेताका जति पुरुष फ्यान छन् । त्यो भन्दा बढी महिला फ्यान हुन्छन् । विपरीत लिङ्गप्रतिको आकर्षणले अभिनेताहरुसँग नजिक हुन खोज्नेहरु पनि उत्तिकै भेटिन्छन् । स्टारडमका कारण हुन सक्छ, कम उमेरका कतिपय युवती अभिनेताका लागि मरिमेट्छन् । त्यसैले अभिनेताहरुलाई निकै कम उमेरकी युवती सहजै मिल्छन् । महानायक मानीने राजेश हमाल हुन् वा भुवन केसी आधा शताब्दीको उमेर पार गर्दासमेत उनीहरुसँग आधा उमेर कम उमेरका युवतीहरुसँग देखिन्छन् । अन्य केहि अभिनेताले पनि तीन चार वर्ष कान्छा श्रीमति पाएका छन् ।

राजेश हमाल र मधु भट्टराई

राजेश हमाललाई चाहाने युवतीको कमी थिएन । यसलाई बुझेर होला उनले जन्मेको झण्डै आधा शताब्दीपछि विवाह गरे । उनको स्टारडमले हुन सक्छ उनको दाँजोमा निकै कम उमेरकी युवतीले उनलाई प्रेममा पारीन् । मोडल मधु भट्टराईसँगको परेको प्रेमलाई उनीहरुले विवाहमा परिणत गराए । अभिनेता राजेश हमाल वि.सं २०२१ सालमा जन्मीएका हुन् । अहिले उनी ५१ वर्षको हाराहारीमा छन् । मधु अहिले २९ वर्षमा हिँड्दै छिन् । यस हिसाबले राजेश र मधुबीचमा झण्डै २२ वर्षको फरक छ । २२, २५ वर्षको उमेरमा विवाह भएको भए राजेश हमालले छोराको प्रेम मधुसँग पर्थ्र्यो होला । उमेरमा धेरै फरक हुँदा वैवाहिक जीवनमा कठिनाई आउने भोग्नेहरु बताउँछन् । तर, राजेश र मधुको जोडि मस्तले जमेको छ ।

श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का
अभिनेता श्रीकृष्ण श्रेष्ठ अहिले हामी माझ छैनन् । स्वेता खड्कासँग विवाह गरेको केहि महिनामै उनले संसार छाडेका हुन् । श्रीकृष्ण वि.सं २०२४ सालमा जन्मीएका हुन् । राजेश हमालसँग सँगैका उनले जन्मीएको झण्डै ५ दशकमा विवाह गरे । चलचित्रमा नायिका खोज्ने क्रममा उनले स्वेता खड्कालाई भेटेका हुन् । आधा उमेरले कान्छि स्वेतासँग उनले पर्दामा अभिनय गरे । अभिनय गर्दा गर्दै उनीहरुबीचको प्रेम मौलायो । आखिर प्रेमलाई उमेरको हदबन्दी त थिएन । त्यसैले उनीहरुको केहि वर्षको प्रेम विवाहमा परिणत भयो । धेरै सपना बटुलेर नायिका स्वेता र श्रीकृष्णले बिवाह गरेका हुँदा हुन् । तर, विवाह भएको एक महिनापछि देखि नै श्रीकृष्णले उनको साथ छाडे । करिब २६ वर्षीय स्वेता श्रीकृष्णलाई सम्झीँदै अहिले एक्लो जीवन बिताईरहेकी छिन् । श्रीकृष्ण र स्वेताबीचमा २० वर्ष भन्दा बढीको फरक थियो ।

भूवन केसी र जीया केसी
भूवन केसी सिने क्षेत्रका सदावहार सुपरस्टार मानीन्छन् । उनका छोरा अनमोल केसी नै थुप्रै युवतीको नजरमा पर्न थालीसकेका छन् । यद्यपी भूवन केसीको नाम भर्खरका युवतीहरुसँग जोडिने गर्छ । विकिपिडीयाका अनुसार उनी ५८ वर्षका भईसकेका छन् । रिटार्यड जीवनको पूर्वसन्ध्यामा पुग्दा उनीसँग भर्खरका युवतीको नाम जोडिनु आफैँमा अनौठो हो । आधिकारीक रुपमा भूवन र जीयाबारे केहि कुरा पनि बाहिर आएको छैन । दुई विवाह गरेका भूवनको जीवनमा अहिले जीया केसी पनी रहेको चर्चा सुनिन्छ । जीया र भूवनसँगै बस्दै आएको कुरा पनि बाहिर आउने गरेको छ । यसबारे उनीहरुले मुख खोलेका छैनन् । उनीहरुबीचमा प्रेम छ या छैन यो पनि उनैले जानुन् । तर, जीया भूवन भन्दा २२, २५ वर्ष कम उमेरकी होलीन् ।

0 comments:

Post a Comment