Thursday, 24 September 2015

थ्रीस्टार शीर्ष स्थानमा उक्लियो, सन्तोष साहुखलको ह्याट्रिक


काठमाडौं, असोज ७ । थ्रीस्टार क्लब रेडबुल राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।सन्तोष साहुखलको ह्याट्रिक मद्दतले थ्रीस्टारले विहीबार मोरङ फुटबल क्लब विराटनगरलाई घरेलु मैदानमै ४–१ ले पराजित गर्‍यो । मारेङले पहिलो हाफअघि एक गोल फर्काएपनि सन्तोषले दोस्रो हाफपछिको समय आफैं कब्जा गरे । जितसँगै १० खेलबाट १९ अंक जोडेको थ्रीस्टार लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

विहीबारै अर्को खेलमा विजयी भएको नेपाल पुलिस क्लब १२ अंकसहित सातौं स्थानमा पुगेको छ ।
यस्तै, विहीबारै फराकिलो जित आत्मसाथ गरेको मनाङ–मर्स्याङदी ९ खेलबाट १६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगिताअन्तर्गत् विहीबारै तय भएको झापाको डोमलाल राजवंशी रंगशालमा हुने झापा–११ र आर्मी क्लबबीचको खेल स्थगित भएको छ ।
वर्षाले मैदान हिलाम्मे भएपछि विहीबार हुने भनिएको खेल शुक्रबार गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।  

0 comments:

Post a Comment