अवार्डमा सहभागी हुने गएका फिल्मकर्मी सबैसँग साथमा १५०० डलर नभएको भन्दै 'एयर अरेबिया'ले विमान चढ्न नदिएपछि उनीहरु युएईको शारजाहमा अलपत्र परेका थिए। अवार्डको मिडिया संयोजन गर्दै आएका विजय आवाजले दिएको जानकारी अनुसार कलाकारहरुले आफ्नो भएका कारण सो विमानबाट नेपाल नफर्किने बताएका हुन्। उनीहरुले आयोजकले नपठाए आफ्नै खर्चमा फर्किने भनेको पनि बताए।
प्राप्त जानकारी अनुसार ठूलो समूहमा गएका नेपाली फिल्मकर्मीहरू २५, २६ र २७ तारिखमा नेपाल फर्किनेछन्। २४ घण्टा बढि शारजाहमा अलपत्र परेका फिल्मकर्मीलाई पछि आयोजकले उनीहरुलाई कतार एयरवेजबाट बुधबार कतार लगेका थिए।








0 comments:
Post a Comment