ति पूर्वाधार तयार भए पछि बिभिन्न बहुराष्ट्रिय उद्योगहरु सञ्चालनमा आउने छन् । बाँकि दुई क्लष्टर मध्ये एकमा अन्य बिदेशी ठूला उद्योगहरु स्थापना हुने र अर्कोमा स्थानीय उद्योगहरुलाई व्यस्थापन गर्ने तयारी भइरहेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए ।
दमकनगरपालिकाको प्रतिनिधि मण्डलले दमक १८ र १९ मा स्थापना गर्ने भनिएको औद्योगिक पार्क स्थापनाका लागि समेत चिनियाँ पक्षसँग प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेको छ । सो क्रममा चिनियाँ पक्षबाट यस्तो धारणा आएको हो । नेपालका उद्योगीहरु सुरज वैद्य, भाष्करराज राजकर्णिकार, एमाले दमक नगर अध्यक्ष अम्बिका खनाल तथा युवा संघ नेपालका उपाध्यक्ष गोविन्द थापा सहितको उपस्थितिमा सो सहमति पत्रमा हस्ताक्षर भएको कार्यकारी अधिकृत दाहालले बताए ।
गत अगष्ट २३ मा बेइजिङ्मा भएको सो सहमति पत्रमा चीनका औद्योगीक पार्क तथा बैदेशिक लगानी विकास समितिका कार्यकारी प्रमुख लिजी झाओ र दमक नगरपालिकाका कार्यकारी अधिकृत दाहालले हस्ताक्षर गरेका छन् । दमकको औद्यागिक पार्कमा चीनले नेपालका लागि जडिबुटी उद्योग स्थापना गरिदिने रुची देखाएको कार्यकारी अधिकृत दाहालले बताए । यस बाहेक बिभिन्न उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा पनि चीनले सहयोग गर्ने जनाएको छ ।
३ क्लष्टरमा रहने औद्योगीक पार्कका लागि ३ हजार विगाहा जग्गा व्यवस्थापनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । आवश्यकता अनुसारको जग्गा प्राप्ति भएमा एक हजार बिगाहामा चीनले भवन, बाटो, कलेज, बगैँचा, आवाश गृहलगायतका पूर्वाधार तयार गर्ने छ ।
यस्तै दमक नगरपालिका र चीनको मानसाङ् नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ । सरकारको नीति तथा कार्यक्रममा दमकलाई हरित सहरको रुपमा विकास गर्ने कार्यक्रम समावेश भए पछि चीनको हरित सहर मानसाङ्सँग भगिनी सम्बन्ध स्थापित गरिएको हो । गत अगष्ट २१ मा मानसाङ् पुगेर त्यहाँका विदेश बिभाग प्रमुख जियान याङ् र दमक नगरपालिकाका कार्यकारी अधिकृत दाहालले भगिनी सम्बन्धको स्थापित भएको पत्रमा हस्ताक्षर गरेका हुन् । सम्बन्ध स्थापना भए पछि चीनको मानसाङ् सहर हरित नगरको रुपमा स्थापित हुन गरेका प्रयास तथा अभ्यासहरु दमकले सिक्न पाउने कार्यकारी अधिकृत दाहालले बताए ।

संयुक्त राष्ट्रसंघबाट हरित सहर प्रमाणित भइसकेको सहर मानसाङ्को अनुभवले दमकलाई हरित सहरको रुपमा स्थापित गर्न सघाउ पुर्याउने दमक नगरपालिकाको अपेक्षा छ ।कारोबार दैनिकमा खबर छ ।

0 comments:
Post a Comment