नेपाल राष्ट्र बैंकले संविधान जारी भएको अवसर पारेर २ हजार र १ सय मूल्य बराबरको सिक्का निस्कासन गर्ने भएको छ। आज बसेको राष्ट्र बैंकको बोर्ड बैठकले संविधान जारी भएकोमा स्वागत गर्दै यस्तो निर्णय गरेको हो। २ हजार मूल्यको सिक्का चाँदी र १ सय रुपैयाँ सिक्का क्यूप्रोनिकेल धातुको हुनेछ।
राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितले सेतोपाटीसित कुराकानी गर्दै पहिलो चरणमा २ हजार मूल्यको सिक्का ५ हजार र १ सय मूल्यको सिक्का २० हजार संख्यामा निस्कासन हुने जानकारी दिए।
उनका अनुसार राष्ट्र बैंकको बोर्ड बैठकको यो निर्णय प्रस्तावको रुपमा चाँडै नै मन्त्रिपरिषदमा जाने र मन्त्रिपरिषदबाट स्वीकृति भएपछि १० दिनमै सिक्का निस्कासन हुन्छ। ‘यसको डिजाइनका लागि सुन्धारास्थित टक्सार विभागलाई जिम्मा दिनेछौँ’ उनले भने।
दशैंअगाडि नै यी सिक्काहरु आउने जानकारी दिँदै उनले यदि अपुग भएमा पछि दोस्रो चरणमा पनि सिक्काहरु छापिने बताए। संविधान झल्किनेगरी ति सिक्काहरुको डिजाइन हुने उनले बताए। विशेष डाई बनाएर ति सिक्काहरु उत्पादन हुनेछ।








0 comments:
Post a Comment