Wednesday, 30 September 2015

नेपालको समस्या चाँडै समाधान हुन्छ : भारतीय राजदूत |



काठमाडौं, असोज १३ । भारतीय राजदूत रणजीत रायले नेपालमा पछिल्लो समय देखिएको समस्या धेरै दिन नरहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
बुधबार भारतीय दुतावासमा पत्रकार सम्मेलन गर्दै उनले सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच अनौपचारिक वार्ता सुरु भइसकेको र औपचारिक वार्ता पनि सुरु हुन लागेको अवस्थामा धेरै दिन यो समस्या नलम्बिनेविश्वास व्यक्त गरेका हुन् ।
भारतले नेपालमा नाकाबन्दी नगरेको स्पष्ट पार्दै राजदूत रायले अहिले जारी समस्या छिट्टै समाधान हुने बताए । उनले नेपालको तराई मधेश क्षेत्रमा जारी आन्दोलनका कारण सहज रुपमा ढुवानी हुन नसकेको जिकिर गरे ।
कतिपय अवस्थामा तराई मधेशमा आन्दोलन गरिरहेकाहरु भारतीय भूमिमा पनि जाने गरेको भन्दै उनले दुई देशबीचको जनस्तरमा कायम सम्बन्धका कारण उनीहरुलाई नरोकिएको बताए । आन्दोलनकारीहरुले नाकाहरुमा गरिरहेको विरोध प्रदर्शनकै कारण भारतबाट सहज रुपमा आपूर्ति हुन नसकेको उनको भनाई थियो ।

 


0 comments:

Post a Comment