काठमाडौं, असोज १३ । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङ्लिस क्लबहरु आर्सनल र चेल्सी पराजित भएका छन् ।
लगातार दोस्रो हार व्यहोर्ने क्रममा आर्सनललाई उसैको मैदानमा ग्रिसको ओलम्पियाकोसले २–० ले हरायो ।
यसअघि च्याम्पियन्स लिगको पहिलो चरणको खेलमा क्रोएसियाको डाइनामो
जाग्रेबले आर्सनललाई हराएको थियो । मंगलबार राती भएको खेलमा भने जाग्रेबलाई जर्मनीको बायर्न म्युनिखले ५–० ले पाखा लगायो ।
उता समुह जी को खेलमा इङ्लिस क्लव चेल्सीलाई पोर्चुगलको एफ.सी पोर्टोले २–१ ले हरायो । समुहको अर्को खेलमा युक्रेनको डाईनामो किभले ईजरेलको मकाबी तेल अभिभलाई २–० ले पराजित गर्यो ।
यस्तै समुह एच का खेलहरुमा स्पेनको भ्यालेन्सियाले फ्रान्सको लियोलाई १–० ले हराउँदा रुसको जेनिथले बेल्जियमको गेन्टलाई २–१ ले निराश पार्यो ।
समुह ई का खेलहरुमा बार्सिलोना र बाते बोरीसोभ विजयी भए । स्पेनको बार्सिलोनाले जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदा बेलारुसको बाते बोरीसोभले ईटालीको ए.एस रोमालाई ३–२ ले पराजित गर्यो ।
च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत समुह ए देखि डि सम्मका ८ खेल बुधबार राती हुनेछन् ।








0 comments:
Post a Comment