Wednesday, 30 September 2015

भारतको मुम्बई विमानस्थललाई बमले उडाइदिने धम्की


mumbai airport
नयाँ दिल्ली, असोज १२
भारतको मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको आशङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार राति मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको धम्कीपूर्ण टेलिफोन आएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अज्ञात व्यक्तिले टेलिफोन गरी मुम्बई विमानस्थल र ताज होटेलमा पाँच व्यक्तिले १६ किलो विस्फोटक पदार्थसहित आक्रमण गर्न लागेको सूचना दिएका थिए । विमानस्थलका एक कर्मचारीले सो टेलिफोन उठाएका र उनैलाई धम्की दिई बम राखिएको जानकारी दिइएको प्रहरी स्रोतले बताएको छ ।
हाल विमानस्थलको बाहिरी इलाकालगायत सबै स्थानमा कडा सुरक्षा दिइएको जनाइएको छ । रासस

0 comments:

Post a Comment