Wednesday, 23 September 2015

राष्ट्रसंघद्धारा हिंसा छाडेर वार्ताबाट समस्या समाधान गर्न नेपाली नेताहरुलाई आग्रह


काठमाडौं, असोज । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले नेपालमा बढिरहेको द्वन्द्वबारे चिन्ता व्यक्त गर्दै हिंसा छाडेर वार्ता र संवादको बाटोबाट समस्या समाधान गर्न नेपाली नेताहरुसँग आग्रह गरेका छन् ।

महासचिव मुनका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा महासचिव मुनले ‘नेपालमा बनेको नयाँ संविधानको अंगीकार गर्दै राष्ट्रिय हितमा निरन्तर लचिलो एवं समावेशी भएर काम गर्न राजनीतिक नेतृत्वलाई आग्रह’ गरेको उल्लेख छ ।

मुनले नेपालमा भइरहेको हिंसाबारे चिन्ता व्यक्त गर्दै हिंसा रोकी शान्तिपूर्ण विरोध प्रदर्शन गर्न र संवादको माध्यमबाटै समस्याको समाधान खोज्न आग्रह गरेको स्टेफेनले उल्लेख गरेका छन् ।

नेपाललाई एक शान्तिपूर्ण एवं लोकतान्त्रिक नेपालका रुपमा हेर्न चाहेको मुनको भनाइ छ ।

0 comments:

Post a Comment