Wednesday, 23 September 2015

७५ किलोको तौल बोकेरै सर्वोच्च शिखर आरोहण बन्यो विश्वकिर्तिमान पुरा पद्नुस


पर्वतारोहीहरुले अनेक खालका किर्तिमान राखिरहेका हुन्छन् । यहीँ मेलोमा एकजना पर्वतारोहीले युरोपको सर्वोच्च शिखर आरोहरणका क्रममा नयाँ तथा अनौठो किर्तिमान राखेका छन् । भारत्तोलक समेत रहेका रुसी नागरिक एन्ड्रे रोडिखेवले ७५ किलो वजन बोकेर युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुजको सफल आरोहण गरेर विश्वकिर्तिमान राखेका छन् ।
 एल्ब्रुजको उचाई ५६४२ मिटर रहेको छ । यति धेरै भार बोकेर त्यतिठूलो हिमाल चढ्नु सायद सामान्य मानिसका लागि असम्भव लाग्छ । तर एन्ड्रेले भने त्यसलाई सहज रुपमा पूरा गरे ।उनले लामो प्रयासपछि यस्तो सफलता प्राप्त गरेका हुन् । यो सँगै उनले भारत्तोलन तथा ट्रेकिंग दुबैमा नयाँ इतिहास रचेका छन् । ७५ किलो भार बोकेर सर्वोच्च शिखर एल्ब्रुज चढ्न रोडिखेवले ८ दिन लगाए । उनले प्रतिघण्टा ५० मिटरको गतिले हिमाल चढेका थिए ।
 तर कठीन बाटोमा भने उनको गति प्रतिघण्टा केवल १५ मिटर मात्र कायम भयो । सेप्टेम्बर ६ मा उनले एल्ब्रुज पर्वतको आरोहण पूरा गरेका हुन् । आरोहणको अन्तिम दिन मौसम निकै खराब भएको थियो र उनले पर्वतारोहणलाई अन्तिम अवस्थामा त्याग्ने सम्भावना नभएको होइन । तर उनले चुनौतिको सामना गरे र हिम्मत हारेनन् । उनीसँग आरोहणका क्रममा व्यवसायिक प्रशिक्षक तथा अन्य आरोही पनि सहभागी थिए ।

0 comments:

Post a Comment