Wednesday, 23 September 2015

गरीखान नदिए बन्दकर्ता लखेटछौ : ब्यापारी




Pratikaar

  

इटहरीमा बन्द बिरुद्ध ब्यापारी सडकमा

तेज बन / इटहरी ६ असोज –  नेपालमा जारी संबिधानको बिरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति सहित ३३ दलीय मोर्चाले आवहान गरेको अनिश्चितकालिन आम हडतालको चौथो दिन बुधबार पूर्वको केन्द्र इटहरीमा ब्यापारीहरुले स्वर्तफुर्त प्रतिकार गरी आ आफनो ब्यापार सञ्चालन गरेका छन ।
बुधबार इटहरीको मुख्य चौकमा भेला भएका बन्दकर्ता लिम्बुवान सहितका कार्यकर्ताहरुले खुलेका पशलहरु जबरजस्ति बन्द गराउदै हिडेपछि एकै ठाउमा भेला भएका ब्यापारीहरुले बन्दकर्ता बिरुद्ध खनीएपछि इटहरी केही क्षण तनावग्रस्त बनेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरी , उद्योग बाणिज्य संघ इटहरीले बन्दकर्ता बिरुद्ध आक्रोसित बनेका ब्यापारीहरुलाई आ आफनो पशल सञ्चालन गर्न र प्रहरीले शुरक्षा दिने प्रतिबद्धता जाहेर गरेपछि ब्यापारीहरुले आ आफनो पशल सञ्चालनमा ल्याएका छन ।
Byapar 1
बन्दको प्रतिकार गर्दै इटहरीमा खोलीएका पसलहरु

इटहरीको मुख्य चौकमा भेला भएका ब्यापारीहरुले आफनो क्षेत्रमा रहेका बन्दकर्ताहरुलाई लेखेटने योजना बनाएका थिए भने बन्दकर्ता लिम्बुवान कार्यकर्ता र इटहरीका ब्यापारीबिच पटक पटक मुठभेडको स्थिती देखिएको थियो ।
बन्दकर्ताहरुले चौकमा राखेको माइकिङ , कालो झण्डा , ब्यानर , लाठी लगायत सडक बन्द गर्न टागिएको रसी समेत प्रहरीले खोसेर लगेपछि भिड केही साम्य बनेको थियो ।
पटक पटकको बन्दबाट अक्रान्त बनेका ब्यापारीहरुले इटहरीको मुख्य चौकमा भेला भई बन्दकर्ता बिरुद्ध चर्को नाराबाजी लगाएका थिए । ब्यापारीहरुले गरीखान नदिए बन्दकर्ताहरुलाई इटहरीबाट लखेटने चेतावनी दिदै आएका छन । ब्यापारी पक्ष र बन्दकर्ताहरु बिच मुठभेडको सम्भावना बढेपछि हाल इटहरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।
Bandakarta 1
बुधबार बिहान इटहरीको पसलहरु बन्द गराउदै हिडेका बन्दकर्ताहरु


यता बन्दको बेला इटहरीमा सहजता अपनाउन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीको नेतृत्वमा प्रहरी कार्यालय परिषरमा ब्यापार ब्यवसाय खुलाउने बिषयमा छलफल चलिरहेको छ । उक्त छलफलमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रशाई , बन्दकर्ताहरुको तर्फबाट लिम्बुवानका गजेन्द्र शुब्बा , पदम अधिकारी लगायत सहभागी रहेका छन ।

0 comments:

Post a Comment