Wednesday, 30 September 2015

अम्बाको पातको प्रयोग गर्नुहोस्, मुटु तथा मधुमेहको समस्याबाट छुटकारा पाउनुहोस् !



 

प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ। यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ। जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन्।


अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण भएको अध्ययनहरुबाट प्रमाणित भैसकेको छ। यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ। अम्बाका पातमा हुने गुणहरु :

मधुमेह रोगीका लागि फाइदा
अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ। यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ।

झाडापखालाबाट मुक्ति
अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ। ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

तौल घटाउन
मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात। यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ।

पाचन प्रणालीमा सहयोगी
अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ। यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन्।

मुटुका लागि
अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ। यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ।

बलियो कपालका लागि
अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ।

ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन्। यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन्।

डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ। यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ। नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।

0 comments:

Post a Comment