Thursday, 24 September 2015

नेपालमा हस्तक्षेप नगर्न दार्जिलिङबासीको मोदीलाई चेतावनी

Gorkhaland_Darjeeling_648656942
काठमाडौं, ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेपाली भाषी दार्जिङबासीले चेतावनी दिएका छन् । भारत स्वतन्त्र भएदेखि उठ्दै आएका आफ्नो देशका समस्या सामधान गर्न छोडी नेपालमा हस्तक्षेप नगर्न उनीहरुले मोदीलाई आग्रह गरेका छन् ।
भारत स्वतन्त्र भएदेखि गोर्खाल्याण्डको माग गर्दै आएका दार्जिलिङका नेपाली भाषी समुदायले चुनावमा मोदीले ‘गोर्खालीको सपना, मेरो सपना’ भन्दै नेपाली भाषीको भोट लिएको तर उनीहरुको माग प्रति अहिले अनुदार भएको आरोप समेत लगाएका छन् । ‘हामीलाई त पाप गरयौ, तर नेपालीको मन नदुखाऔ’ गोर्खाल्याण्ड आन्दोलनका अगुवा रोशण भुटियत भने ‘नेपालमा हस्तक्षेप गरेँ त्यसको गम्भिर परिणाम मोदीले भोग्नु पर्नेछ ।’
गोर्खालीलाई गोर्खाल्याण्ड दिने भन्दै इन्द्रजित खुल्लर, जसवन्त सिंह,एलएल हलुवाईले नेपाली भाषीको मत लिएर सत्ताको सिंहाशनमा बसेका थिए । पछिल्लो पटक मोदीका पक्षमा नेपाली भाषीले पनि मोदीलाई मत दिएका थिए । ‘यी सवैले हामीलाई धोका दिए, अब नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्दैछन’ भुटियतले भने ।
दार्जिलिङबासीले नेपालको स्वाधिनतामा हस्तक्षेप नगर्न मोदीलाई सार्वजनिक अपिल पनि गरेका छन् । उनले स्वाधिनतामा हस्तक्षेप गरे त्यसको परिणाम गम्भिर आउने चेतावनी समेत दिएका छन् ।

0 comments:

Post a Comment