Monday, 18 April 2016

नेपाली क्रिकेट इतिहाँसमा खेलाडीहरुको अन्तर्राष्ट्रिय शतकहरु !


वैशाख ६, २०७३- पारस खड्का लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा नेपालबाट उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । नामिबियाविरुद्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा उनले सोमबार १ सय ३ रन बनाएका थिए ।
गत वर्ष जुलाईमा ओपनर अनिल मण्डलले स्कटल्यान्डको एयरमा घरेलु टोलीविरुद्व १ सय रन बनाएका थिए । नेपालले २०१४ मा एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गरे देखि लिस्ट ‘ए’ मान्यता प्राप्त खेलहरुमा खेलिरहेको छ ।


संयोग के छ भने अनिलपछि नेपाली राष्ट्रिय टोलीबाट दुई शतक बनाउने पारस पहिलो खेलाडी हुन् । दुबैको १–१ को शतकमा नेपालले पराजय भोगेको छ । शक्ति गौचन र शरद भेषावकरको नाममा नेपाली राष्ट्रिय टोली र उमेर समूहबाट दुई शतक बनाउने कीर्तिमान छ ।

सन् २००३ मा राजु खड्काले एसीसी एमर्जिङ कपमा भुटानविरुद्ध बनाएको शतक नेपालको पहिलो थियो । राष्ट्रिय टोलीबाट उच्च स्कोरको कीर्तिमान सुवास खकुरेलको नाममा छ । सन् २०१२ मा सुवासले अमेरिकाविरुद्व १ सय १५ रन बनाएका थिए ।

नेपालबाट शतक बनाउनेहरु

स्कोरब्याट्सम्यानविरुद्धकहिलेकहाँ
१०५राजु खड्काभुटान२००३कीर्तिपुर
१०६शक्ति गौचनइटाली२००५मलेसिया
१०५शरद भेषावकरफिजी२०१०कीर्तिपुर
११५सुवास खकुरेलअमेरिका२०१२मलेसिया
११३अनिल मण्डलडेनमार्क२०१२मलेसिया
१०६पारस खड्काकुवेत२०१२युएई
११४ज्ञानेन्द्र मल्लसिंगापुर२०१४मलेसिया
१००अनिल मण्डलस्कटल्यान्ड२०१५स्कटल्यान्ड
१०३पारस खड्कानामिबिया२०१६कीर्तिपुर


















































0 comments:

Post a Comment