Saturday, 19 March 2016

दुबईबाट गएको Fly Dubai विमान रुसमा दुर्घटना, विमानमा सवार सबैको मृत्यु !!


चैत ६ – रुसमा यात्रु विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गएको छ । दुबईबाट रुसका लागि उडेको फ्लाईदुबईको बोइङ ७३८-८०० रुसको दक्षिणी शहर रोस्टोभ–अन–डनमा दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका ५५ जना यात्रु र चालक दलका ६ सदस्य गरी ६१ जनाको ज्यान गएको हो ।


रोस्तोभ–अन–दोनको विमानस्थलमा अवतरणको क्रममा रनवे भन्दा बाहिर गएका कारण दुर्घटनाग्रस्त भएको खबरमा उल्लेख । दुर्घटनाको यकिन कारण थाहा नभएपनि कमजोर भिजिविलिटी र तीब्र गतिमा चलेको हावाका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

विमान रहेका सबैको ज्यान गएको अनुमान गरिएको छ । दुर्घटना लगतै विमान विस्फोट भएको र आगलागी भएको थियो । रोस्टोभ–अन–डन विमानस्थलमा अवतरका लागि गएका विमानलाई अयन्त्र पठाइएको छ । उद्दारका लागि अहिले एक सय भन्दा धेरै उद्दारकर्मी घटनास्थलमा खटिएका छन् ।

फ्लाईदुबइेले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । फ्लाईदुबाईले सन् २००९ मा कम भाडादरको विमान सेवा सुरु गरेको थियो । फ्लाईदुबईले विभिन्न ९० रुटमा उडान भर्दै आएको छ ।

0 comments:

Post a Comment