
नेपालको खुसी रहने क्षमता अघिल्लो वर्षको तुलनामा १४ स्थान सुध्रेर १०७ औं स्थानमा आइपुगेको छ। खुसी प्रतिवेदन २०१५ मा नेपाल १२१ औं स्थानमा थियो। सर्वेक्षणमा मानिसको स्वास्थ्य, परिवारसम्बन्ध, कामको सुरक्षा र सामाजिक तत्वहरूलाई केलाइएको छ।
त्यसैका आधारमा आनन्द सूचक सार्वजनिक गरिएको हो। नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनभित्र तेस्रो स्थानमा छ, जबकि विश्वको ठूलो अर्थतन्त्रको दिशामा अघि बढेको छिमेकी मुलुक भारत भने नेपालभन्दा धेरै पछाडि छ। नेपालको कठिन परिस्थितिमा पनि आफ्ना खुसी सूचकलाई व्यापक परिवर्तन गरेको छ। प्रतिवेदनअनुसार बंगलादेश ११०, श्रीलंका ११७, भारत ११८ र अफगानिस्तान १५४ औं स्थानमा छन्।
नेपालभन्दा आनन्दित मुलुकहरूमा सार्कभित्रका भुटान (८४) र पाकिस्तान (९२) मात्रै छन्। माल्दिभ्सलाई भने अध्ययनमा समेटिएको छ








0 comments:
Post a Comment