बिहान ५ बजेर ५७ मिनेटमा सूर्यग्रहण सुरु हुने भएपनि नेपालमा ६ बजेर २२ मिनेट जाँदा सूर्य उदाउने भएकाले त्यसपछि मात्र देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
“ग्रहणको मध्यकाल बिहान ६ बजेर २७ मिनेटमा र मोक्षकाल ७ बजेर २ मिनेटमा हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहर अघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय बचन छ’ उहाँले भन्नुभयो । यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाई छ ।
सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो ९ पञ्चाङ्गमा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताउनुहुन्छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नु नपर्ने जानकारी दिनुभयो ।









0 comments:
Post a Comment