Monday, 7 March 2016

कांग्रेस सभापति चुनाब आज फेरी हुने, ११ मत बढी नपाउदा देउवा कांग्रेस सभापति हुनबाट बन्चित !!!



काठमाडौंः शेरबहादुर देउवा ११ मतले कांग्रेसको सभापति बन्न चुकेका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा ५१ प्रतिशत पुर्याउन १५७५ मत ल्याउनुपर्नेमा उनको पक्षमा १५६४ मत झरेको थियो ।

देउवा ५१ प्रतिशत ल्याउन असफल भएपछि नेपाली कांग्रेसको सभापति पदको पुन निर्वाचन सोमबार हुने भएको छ ।



आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवालाई ११ मत नपुग्दा विजयी बन्न सकेनन् । देउवाले सो पदमा जित्नका लागि एक हजार पाँच सय ७५ मत आवश्यक पर्नेमा एक हजार पाँच सय ६४ मत ल्याए ।

११ मत देउवाको पक्षमा नपुग्दा पुन सोमबार निर्वाचन हुने भएको हो । पार्टीका कार्यवहाक सभापति रामचन्द्र पौडेलले एक हजार एक सय ५२ मत र महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन सय २४ मत ल्याए ।

देउवालाई सभापति पदमा जित्नका लागि ११ मत पुगेन । खसेको कूल तीन हजार एक सय ४८ मत मध्ये करीब एक सय आठ मत बदर भएको छ ।

सभापतिका प्रत्याशी तीनैजना उम्मेदवारले पार्टीको विधान अनुसार कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउन नसकेको हुँदा सोमबार पुन निर्वाचन हुने भएको छ ।

सोमबारको निर्वाचनमा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणको निर्वाचनको रिङबाट सिटौला बाहिरिएका छन् ।



कांग्रेसको विधान अनुसार कुल महाधिवेशन प्रतिनिधि तीन हजार एक सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये आइतबारको निर्वाचनमा तीन जार एक सय ४८ जनाले मतदान गरेका थिए ।

विधान अनुसार तीन हजार एक सय ४८ खसेको मतको ५१ प्रतिशत भन्नाले एक हजार पाँच सय ७५ मत चाहिनेमा सो अनुसार देउवाले मत प्राप्त गर्न सकेनन् ।

सोमबार हुने सभापतिको निर्वाचनमा जित्नका लागि देउवाले सभापति पदमा तेस्रो स्थान हासिल गरेको महामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोग र समर्थन आवश्यक पर्ने भएको छ ।

देउवालाई सघाउन सिटौलाले आफ्नो राजनीतिक भविष्य निर्धारण गर्न संसदीय दलको नेतासम्मको माग गर्न सक्ने छन् ।

सभापति पदमा दोस्रो स्थान ल्याएका पौडेल र महामन्त्री सिटौलाबीच गत साता एकै प्यानलमा उम्मेदवारी दिने उद्देश्यका वार्ता भएको थियो ।

सो वार्तामा सिटौलाले संसदीय दलको नेता आफुलाई दिएमा सभापति पदमा सघाउने संकेत दिएको स्रोत बताउँछ । सभापतिका अर्का प्रत्याशी कार्यवाहक सभापति पौडेलले पनि आफु जित्नका लागि सिटौलासँग विशेष राजनीतिक सहमति गर्ने स्रोत बताउँछ ।

यसअघि कांग्रेसको १२ औं महाधिवशेनमा पनि तीनजाना सभापतिका लागि उम्मेदवार भएका थिए । त्यतिबेला पहिलो चरणमा सभापति सुशील कोइरालाले एक हजार ६ सय ५२ मत ल्याई बिजयी भएका थिए ।

देउवाले एक हजार तीन सय १७ र भीमबहादुर तामाङले ७८ मत ल्याएका थिए । सभापतिका प्रत्याशी देउवा मत गणनाको सुरुवातदेखि अग्रता लिए पनि मत गणनाको पछिल्लो चरणमा घट्दै गयो ।

0 comments:

Post a Comment