नेपाल आएलगत्तै उनले काम सुरु गरेका छन् । ५१ वर्षे उनले नेपालमा फुटबलको स्थिति र खेलाडीको प्रदर्शन नियाल्ने क्रममा बारामा चलिरहेको सिमरा गोल्डकप हेर्ने छन् । जापान फुटबल संघको अन्तर्राष्ट्रिय विभागको सिफारिसमा एन्फाले कोजीलाई नेपाल ल्याएको हो ।

१५ दिन अघि नेपाल आएका उनले अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष नरेद्र श्रेष्ठसँग भेट गरेर आफ्नो योजना सुनाएका थिए । त्यसपछि एन्फाले उनको बारेमा जापानको फुटबल संघसँग सोधपुछ गरेको थियो । कोजीले जापानका लागि २ खेल खेलेको एन्फाले जनाएको छ । उनले पश्चिम जर्मनीको वेर्डर ब्रेमेन दोश्रो क्लवबाट सन् १९८७ मा आफ्नो व्यवसायिक खेल जीवन सुरु गरेका थिए । त्यसपछि उनले जापानकै टोयोाट मोटर्सबाट खेले । उनले टोयोटा मोटर्सबाट जम्मा १३ खेल खेलेपनि एक गोल पनि गर्न सकेका थिएनन् ।
खेलाडीको रुपमा त्यति सफल नभएपछि प्रशिक्षणतिर लागेका कोजीले सन् २००८ देखि १० सम्म २ वर्ष भुटानको राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणमा भुटान सन् २००८ को साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्म पुगेको थियो । कोजीको प्रशिक्षमा भुटानले १४ खेल खेलेकोमा १ खेल जितेको थियो भने ११ खेल हारेको थियो । यस्तै २ खेल भने बराबरी गरेको थियो ।
उनले सन् २००३ मा सिमिजु एस प्लसको प्रशिक्षक नियुक्त भएर प्रशिक्षण जीवन सुरु गरेका थिए । उनी पछिल्लो पल्ट सन् २०१३ मा गिफु एफसीको प्रशिक्षक बनेका थिए ।
कोजी जापान फुटबल संघको क्लास एस लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । जापानको क्लास एस लाइसेन्सलाई एशियाली फुटबल महासंघको प्रि डिप्लोमा लाइसेन्स बराबर मानिन्छ ।








0 comments:
Post a Comment