Monday, 11 January 2016

यसकारण बन्यो नेपाल विश्वकै उत्कृष्ट गन्तब्य (भिडियो हेर्नुहोस)


काठमाडौं, पुस २७ । बेलायतको ट्राभल रफ गाइडले सन् २०१६ का लागि भ्रमण गर्ने दश उत्कृष्ट स्थानमा नेपाललाई राखेपछि अहिले नेपालबारे देशविदेशमा चर्चा र प्रचार एक साथ सुरु भएको छ ।

गत वैशाखको भूकम्प र राजनीतिक निर्णयविहीनताले थलिएको नेपाल र नेपालीका लागि यो सुखद खबर हो । तर के हामी सहृदयी मनहरुले देखाएको एक नम्बर बनेरसफल बन्न सकौला ?



हिमाल, पहाड, तराई अनि अनेक सम्पदा र संस्कृतिको संयोजन हो, नेपाल देश । जताततै हरियाली अनि पुरातात्विक धरोहर, उत्तिकै धर्म र संस्कृतीले भरिपूर्ण । के छैन, नेपालमा ? एक शब्दमा भन्ने हो भने जिवित संग्रहालय नै हो, यो देश ।

त्यसैले त यतिबेला विश्वका एकसेएक पर्यटकीय र प्रचार संस्थाहरुले नेपाललाई नम्बर एक गन्तव्य मुलुक भएको भन्दै नेपाल भ्रमणमा जान आम मानिसलाई सुझाइरहेका छन् ।

बेलायती ट्राभल गाइड बुक ‘रफ गाइड’, नेशनल जियोग्राफी, फोब्र्स, हफिङ्टन पोष्ट, ट्रिप एडभाइजर जस्ता नाम चलेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले नेपाल भ्रमणका लागि सित्तैमा प्रचारसमेत थालेका हुन् ।

रफ गाइडले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो नम्बरमा राखेपछि नेशनल जियोग्राफी, फोब्र्स, हफिङ्टन पोष्ट जस्ता सञ्चार माध्यमले नेपालको प्रचार गरेका हुन् । जुन सारा नेपालीका लागि निकै गर्वको विषय हो ।

ती संस्थाहरुले बैशाख १२ गतेको भूकम्पपछि नेपाल घुम्न र भ्रमण गर्न मिल्ने गरी खुला भैसकेको सन्देश प्रवाह गरेका छन् । यद्यपि, भूकम्पले थिलथिलो बनाएका हाम्रा धरोहरहरु अहिले पनि जीर्ण नै छन् ।

भूकम्पको एक धक्कामै ढलेका विश्व सम्पदा सूचीमा सूचीकृत थुप्रैंथुप्रैं सम्पदा अझै पनि उठाउन सकिएको छैन । जसको प्रत्यक्ष असर पर्यटन ब्यबसायमा परेको छ । यद्यपि, विश्वका उत्कृष्ट संस्थाहरुले यतिबेला नेपालको भ्रमण गरेर भूकम्पमा परेकाहरुको दुःखमा मल्हमपट्टी लगाउनसमेत आग्रह गरेका छन् ।

जुन नेपालीका लागि निकै ठूलो सहृदयता हो । तर राजनीतिक खिचातानीले पुनर्निर्माणका लागि द्रूत गतिमा निर्णय र काम गर्न नसक्दा पर्यटक आउन सकेका छैनन् भने त्यसपछि थोपरिएको नाकाबन्दीले त नेपालको पर्यटन क्षेत्र नै धरापमा परिसकेको छ ।

तर बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’लगायतले सन् २०१६ को विश्वका दश उत्कृष्ट पर्यटन गन्तव्यमा नेपाललाई एक नम्बरमा चुनेपछि भने निकै आशा पलाएको छ ।

हेर्नुहोस भिडियो !!




















0 comments:

Post a Comment