Monday, 11 January 2016

सावधान ! कतै यि घातक एप्सहरु तपाँइको मोवाइलमा त छैनन ?


एजेन्सी, पुस २७ । अहिले मोवाइलमा रमाउनेहरुका लागि अनेक सुविधा सहितका लाखौं एप्सहरु बनिसकेका छन् । तपाँइ हामि पनि आकर्षक लाग्न साथ नयाँ एम डाउनलोड गरिहाल्छौ । तर के तपाँइले कहिले ख्याल राख्नुभएको छ कि कतिपय एपहरु मोवाइलका लागि घातक हुन्छन भनेर ? यस्तै मोवाइलका लागि असुरक्षित मानिएका केहि एप हरु गुगलले प्लेस्टोरबाट हटाएको छ । कतै यि एपहरु तपाँइको मोवाइलमा त छैनन ?


हटाइएका एप्सहरु मोबाइलमा अन अथोराइज्ड एप्स डाउनलोड गर्न तथा मोबाइल रुटकोमाध्यमबाट फ्याक्ट्री रिसेट गर्नमा सक्षम थिए ।

यसमध्ये एक एप्सको नाम Honey comb हो । हटाउनुअघि यसलाई प्लेस्टोरबाट १ मिलियन पटक डाउनलोड गरिएको थियो । सेक्युरिटी रिसर्चरहरुको दावी छ, ‘यस्ता एप्सहरु निर्माणको पछाडि ब्रेन टेस्ट फ्यामिली म्यालवेयर बनाउने डेभलपर्सहरुको हात छ ।’

गुगलले हटाएका एप्सहरु केक ब्लास्ट, जम्प प्लानेट, क्रेजी लक, क्रेजी जेली, टिनी पजल, निन्जा हुक, पिगी जम्प, जस्ट फायर, इट बबल तथा ड्र्याग बक्स  लगायत छन् ।

यी एप्सको माध्यमबाट त्यसका निर्माताहरुले मोबाइल डिभाइसमा भाइरस इन्जेक्ट गर्थे । त्यसपछि मोबाइल डाटा र रिमोर्ट एक्सेस हाँसिल गर्नमा सक्षम थिए । यदि तपाईंसँग यी मध्ये कुनै एप्स छ, भने तुरुन्तै हटाइ हाल्नोस् ।

गत वर्ष एप्पल प्लेस्टोरमा पनि यस्तै साइबर एट्याक भएको थियो । त्यतिबेला एप्पलको आईओसमा Xcode Ghost नामक भाइरस पसेको थियो । सोही कारण एप्पलले ३०० भन्दा बढी एप्स हटाएको थियो ।

0 comments:

Post a Comment