Tuesday, 19 January 2016

माल्दिभ्सलाई ४-१ गोलको अन्तरले हराउँदै नेपाल फाइनलमा !!!


काठमाडौँ-बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गरेको छ। नवयुग श्रेष्ठको ह्याट्रिकमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल बङ्गबन्धु गोल्ड कपको फाइनलमा पुगेको हो। नेपालले फाइनलमा बिहिबार बहराईको यू-२३ टिमसँग खेल्ने छ।



नेपाल समूह 'ए' को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो भने माल्दिभ्स समूह 'बी' को विजेता हो।

नेपालका लागि नवयुग श्रेष्ठले ३१ औं र ६२ औं मिनेटमा इन्जुरी समयमा तीन गोल गरे भने विशाल राईले ५२ औ मिनेटमा एक गोल गरे। माल्दिभ्सले खेलको ७५ औं मिनेटमा एक गोल गरेको थियो।

यस अघि समूह चरणको खेलमा नेपालले करिब २८ महिनापछि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेपछि नेपालको विजयविहीन यात्रालाई बिर्साएको थियो। यो संगै नेपालको दोस्रो जीत भएको हो। यस अघिको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलेको थियो ।

समूह चरणको खेलमा माल्दिभ्सले कम्बोडियालाई ३–२ तथा बङ्गलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने बहराइनसँग एक/एक गोलको बराबरीमा खेलेको थियो ।

0 comments:

Post a Comment