यी विषयमा नेपाली कामदार स्वयं सचेत रहनु पर्ने देखिए पनि युएईले भनें सरकारी घोषणा पछि यसमा ठूलो चासो बढेको बताएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार भनें पर्यटक भिसामा युएई प्रवेश गरेका व्यक्तिले आवश्यक कागजात सहित तोकिएको शुल्क बुझाएर सहज रुपमा भिसा परिवर्तन गर्न सक्नेछन् ।
गल्फ न्यूजका अनुसार हाल युएईको तोकिएको भिसा शुल्क निम्न अनुसार रहेको छ :
ट्रान्जिट भिसा १६५ दिरहम(नेरुमा परिवर्तन गर्न सरदर २८ ले गुणन गर्नुहोस्)
३० दिनको छोटो समयको भिसा ३७० दिरहम
९० दिनको लामो समयको भिसा ७०० दिरहम
पर्यटक भिसा ट्राभल एजेन्सीहरुमा आधारित
काम गर्नेगरी दुई बर्षका लागि ईन्ट्री परमिट ३५० दिरहम
ईन्ट्री परमिट रेजिडेन्सी दुई बर्षका लागि २५० दिरहम









0 comments:
Post a Comment