Tuesday, 12 January 2016

रोनाल्डो र नेयमारलाई उछिन्दै मेस्सीले जिते फिफा बेलोन डि’ओरको उपाधि !!

काठमाडौँ, २७ पुस– बार्सिलोनाका अर्जेन्टाइनी स्टाइकर लियोनल मेस्सीले पाँचौ पटक बालुन डे ओरको उपाधि जित्दै नयाँ किर्तिमान कायम गरेका छन् ।

आफ्नो टिम मेट नेयमार र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दे उनले यो उपाधि पाँचौ पटक जितेका हुन् । यसपटक बार्सिलोनाका बार्जिलियन स्टाइकर नेयमार पनि अन्तिम तिनमा परेका थिए ।

सोमबार राति स्वीट्जरल्याण्डको जुरिचमा सम्पन्न एक भब्य समारोहकाबीच भएको कार्यक्रममा मेस्सीले यो अवार्ड जितेका हुन् ।

उनले यसअघि सन् २००९, २०१०, २०११ र २०१२ मा गरि ४ पटक यो अवार्ड जितिसकेका छन् । २०१३ र २०१४ मा भने यो अवार्ड क्रिष्टियानो रोनाल्डोले जितेका थिए । २०१५ यो अवार्ड जित्दै मेस्सीले नयाँ किर्तिमान कायम गरेका हुन् ।

अमेरिकाकी कार्ली लोइडले फिफा बालोन डिओर महिलाको उपाधि जितेकी छन् । उनल जर्मनीले सिलिया र जापानकी आया मियामालाई पछि पारिन् । उनको हृयाट्रिकको मदतमा जापानलाई पराजित गर्दै अमेरिकाले महिला विश्वकपको उपाधि जितेको थियो ।

यसैगरी ब्राजिलका वेन्डल लिराले उत्कृष्ट गोल अवार्ड जितेका छन् । फिफा पुस्कास अवार्ड जित्ने क्रममा उनले मेस्सी र इटलीका आलेसान्ड्रो फ्लोरेन्सीलाई पछि पारे ।

फुटबलका जानकारहरु मेस्सीको यो रेकर्ड तोड्न कुनै पनि फुटबलरलाई महङ्गो पर्ने बताउँछन् । अर्जेन्टीनाको राष्ट्रिय टिमको कप्तान समेत उनले गत सिजनमा क्लबलाई पाँच वटा टर्फि जिताउन निर्णायक भूमिका खेलेका थिए ।

0 comments:

Post a Comment