हरेक विषयका दुई प्रतिक्रिया हुन्छन्, सकरात्मक र नकरात्मक । यो कुरा विवाहको उमेरको विषयमा पनि लागु हुन सक्छ । सानो उमेरमा विवाह हुनले धेरै बेफाईदा हुन सक्छ तर यसका केहि फाईदा पनि छन् जसलाई नजरअन्दाज गर्न सकिन्न ।
यहाँ तपाँईलाई यो स्पस्ट पारु कि कम उमेरमा विवाहको मतलब आधिकारीक उमेरभन्दा कम हुन हैन बरु त्यसपश्चात छिटो विवाह हुनुसँग हो ।
छिट्टै विवाह हुनु धेरै कोणबाट फाईदाजनक छ । यसको सबैभन्दा राम्रो पक्ष त यो हो कि छिट्टै विवाह हुनुमा केटा र केटी, दुवै एकसाथ धेरै भन्दा धेरै समय बिताउन सक्छन्, जस्ले उनीहरुको सम्बन्ध मजबुत पार्न मद्धत गर्छ । यसको अलावा उनीहरुबिचको अन्तरंग सम्बन्ध पनि राम्रो रहन्छ । यो कुरा साँचो हो कि विवाह गर्नु कुनै पनि मानीसको लागि जिन्दगीको धेरै महत्वपुर्ण फैसला हो ।
यस्तोमा पार्टनरको चुनाव धेरै सोँचेर सम्झेर गर्न जरुरी छ । तर यदि तपाँईलाई लाग्छ कि चुनिएको व्यक्ति तपाँईको साँचो पार्टनर साबित हुन सक्छ भने उसँग छिट्टै विवाह गर्नुमा कुनै गलत हुने छैन ।
वास्तबमा, यसको आफ्नै फाईदा पनि छन् ।
– नयाँ घरको वस्तुलाई बुझ्न र सिक्नका लागि पर्याप्त समय मिल्छ ।
– एक सफल र सुखी दम्पति हुनुको श्रेय बढ्न सक्छ ।
– कम उमेरको दम्पतिमा एक–अर्कासँग सम्झौता गर्न धेरै सजिलो हुन्छ ।
– विवाह पश्चात पनि धेरै समय सम्म दम्पति जवान नै देखिन्छन् ।
– नयाँ घरको रितिरिवाज र सँस्कार बुझ्न र अपनाउनको लागि पर्याप्त समय मिल्छ ।
– आमा बाऊ बन्नका लागि हतार हुँदैन ।
– मानसिक स्थिरता छिट्टै हुन्छ ।
– गर्भवति हुन र बच्चा जन्माउन तुलनात्मक रुपमा सजिलो हुन्छ ।
– धेरै समय सम्म सेक्स लाइफको इन्जोई गर्न सकिन्छ ।
– वैवाहि जीवनलाई संतुलित राखेर बाँकी ऊर्जा काम र करियरलार्इृ अगाडि बढाउन प्रयोग गर्न सकिन्छ ।









0 comments:
Post a Comment