Friday, 6 November 2015

मासिकमा ५ हजार बचतले तपाई करोडपति बन्न चाहनुहुन्छ ! तलको फर्मुला अपनाउनुहोस् !

प्रविधिले संसारलाई ढपक्कै ढाक्दै जाँदा मानिसको जीवन शैलीमा पनि परिवर्तन हुँदै आएको छ । विगतमा सामान्य जीवनयापन गर्ने मानिसको समयानुसार चल्दैगर्दा अहिले आधुनिकताको खोजीमा नयाँनयाँ विज्ञानद्धारा प्रतिपादित साधनबिना अपुरो मात्रै होइन् चल्ने नसक्ने अवस्था आइसकेको छ । यसरी मानिसको जीवनशैली आधुनीकता तर्फ जाँदैगर्दा जाखिम पनि त्यत्तिकै बढ्दै गएको छ । सामान्य मोबाइल फोनको प्रयोग देखि सवारी साधानमा यात्रा गर्दा पनि कतिपय समयमा मुस्किलले जोगिएको हामी सबैसँग अनुभव नै छ । त्यस्तै हामी कुनै व्यवसाय गर्दैछौं भनेपनि त्यसको सुरक्षाको शत प्रतिशत ज्ञारेन्टी छैन् ।
यसरी पैदल यात्रा गर्दा होस् अथवा घरमा किचेनमा काम गर्दा नै किननहोस् जहाँकहीं पनि मानिसको जीवन जोखिम नै रहेको हुन्छ । यसर्थ भैपरि आउने जोखिमबाट पुरै छुटकरा पाउने तरिका नभएपनि कम क्षति हुने र जोखिमबाट बच्ने उपाय प्रशस्तै रहेका छन् हामीसँग । त्यस्तै मध्ये भविष्यमा आउनसक्ने जोखिमबाट बच्न सकिने एक उपाय वर्तमानमा भएको आम्दानीको केही हिस्सा बचत पनि हो ।
त्यस्तै बचत गरिएको रकमले भैपरि आउने समस्याको गर्जो टार्ने मात्रै होइन भविष्य आफूले कुनै व्यवसाय गर्न चाहेको खण्डमा पनि उपयोगि साबित हुनसक्छ । यसर्थ तपाई भोलिका दिनमा कुनै व्यवसाय गर्न चाहनुहुन्छ र सोही अनुपातमा आफूसँग अहिलेको आम्दानीको कति बचत गर्दा कति समयमा आफूले चाहेको रकम प्राप्त गर्न सकिन्छ भने तलको फर्मुला अपनाउनुहोस् ।
यही तपाई  उमेर २५ बर्षको हुनु हुन्छ र ६० बर्षको  उमेरमा करिब २ करोड रुपैंया  चाहनु  हुन्छ भने तपाई मासिक ५ हजार  रुपैंया यस्तो क्षेत्रमा लगानी गर्नुस जसको न्युनतम प्रतिफल १० प्रतिसतको  होस् । यसको लागि सिस्टमेटिक इन्वेस्टमेंट प्लान ९एसआईपी०को बाटो अपनाउनुपर्छ । यसले गर्दा तपाइको लगानीमा रहेको जोखिम पनि कम गर्नु सक्नु हुन्छ र राम्रो प्रतिफल पनि पाउन सकिन्छ ।
 उमेर  मासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
  २५ बर्ष                                  ५०००१० प्रतिसत६० बर्ष२१ लाख करिब  १ करोड ७० लाख                            १ करोड ९१  लाख

यही तपाई  उमेर ३०  बर्षको हुनु हुन्छ र  करिब २ करोड रुपैंया अवकाश  बर्षमा चाहनु  हुन्छ भने तपाई मासिक ८००० हजार  रुपैंया  लगानी गर्नुस जसको न्युनतम १० प्रतिसतको दर होस् ।तल दि ई एको तलका अनुसार तपाईले अवकासको बर्षमा करिब  २ करोड रुपैंया प्राप्त गर्न सकिन्छ।
 उमेर  मासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
  ३० बर्ष                                       ८०००१० प्रतिसत६० बर्ष २८ लाख ८० हजार करिब  १ करोड ५३  लाख                               १ करोड ८२   लाख

३५ बर्षको हुनु हुन्छ भने तालिका अनुसार लगानी गर्नु पर्ने हुन्छ
 उमेर  मासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
  ३५  बर्ष                                         १४०००१० प्रतिसत६० बर्ष ४२  लाख करिब  १ करोड ४५   लाख                                    १ करोड ८७  लाख

४० बर्षको हुनु हुन्छ भने तालिका अनुसार लगानी गर्नु पर्ने हुन्छ
 उमेर  मासिक वचत अनुमानित ब्याज दरअवकाश उमेरकुल मासिक बचतकुल लगानी रकमपाउने कुल रकम
 ४०  बर्ष                                         २६००० १० प्रतिसत६० बर्ष ६२  लाख ४० हजारकरिब  १ करोड ३६   लाख                                   १ करोड ९९ लाख

माथिको तालिका अनुसार सजिलै अनुमान लगाउन सक्नु हुन्छ कि उमेर बढ्दै जाँदा कति रकम वचत वा लगानी गर्नुपर्छ। २५ बर्षको उमेर भएको ब्यक्ति करिब २ करोड पाउनको लागि मासिक ५ हजार लगानी  , त्यस्तै ३५ बर्ष ब्यक्तिले १४ हजार र ४० बर्षको व्यक्तिले मासिक २६ हजार लगानी गर्नु पर्चाजसको न्युनतम १० प्रतिसतको प्रतिफल होस् । यस्तै तरिकाले तपाई ४५ र ५० बर्षको पनि उमेर अनुसार प्लान्निंग गर्नसक्नु हुन्छ तर लगानीको प्रतिफल कम हुन्छ। तपाई २ करोडको लागि मात्र होइन २० देखि ५० रुपैंयाको लागि पनि योजना बनाउन सकिन्छ।

0 comments:

Post a Comment